काठमाडौं/ नेपाली चलचित्र क्षेत्रमा नायक राजेश हमालको क्रेज सबैभन्दा माथि छ । देशको उच्च तहदेखि दर्शकको नजरमा हमाल सर्वाधिक रुचाइएका पात्र हुन् । हमालपछि यस्तो क्रेज बनाउने कलाकार यो क्षेत्रमा आजसम्म देखिएका छैनन् । कुनै बेला नायक राजेश हमालको क्रेज पर्दाभित्र पनि उस्तै थियो । हमालको टाउको मात्र राखेर धेरैsakuntala- darsak-in-hallनिर्माताले पैसा कमाए । टाउको मात्र देखाएर हमालले पनि राम्रै आम्दानी गरे । तर समय बदलिएको छ । हमालको अनुहार अहिले पर्दाबाहिर उस्तै बिक्छ, तर पर्दाभित्र यसको ग्राफ धेरै तल झरेको छ । शुक्रबार रिलिज भएको चलचित्र ‘शकुन्तला’ बाहेक हमालको हातमा न त कुनै चलचित्र छ, न त उनलाई लिन निर्माता नै अग्रसर भएका छन् । हमाल अहिले अमेरिकामा छन् ।

चलचित्र ‘शकुन्तला’ अहिले देशभर रिलिज भइरहेको छ । बिहीबारबाट काठमाडौं बाहिर रिलिज भएको यो चलचित्र शुक्रबारबाट भने काठमाडौंमा रिलिज भयो । नायक राजेश हमाललाई पहिलोपटक सारी लगाएर निर्देशक दिनेश श्रेष्ठले पर्दामा उतारेका थिए । शनिबार काठमाडौंका गोपीकृष्ण, अष्टनारायण हलमा यो चलचित्र हेर्ने दर्शकको संख्या राम्रो देखिएको थियो । हमाल नेपालमा नहुादा हलमा पुगेका चलचित्रका नायक किशोर खतिवडाले दर्शकको साथ पाए । शनिबार हलमा दर्शकको उपस्थिति राम्रै हुने गरेको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here