कोरोना भाइरसकाे संक्रमणबाट बच्ने ७ उपाय

279

छिमेकी देश चीनबाट शुरू भएको  कोरोना भाइरसको संक्रमण ठूल्ठूला विकसित देशहरूमा समेत फैलिन थालेको छ ।

हाल यस कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ । कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन । कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक तथा मनोवैज्ञानिक कारणले बढी क्षति हुन्छ । तसर्थ हामीहरू मानसिक रुपमा तयार हुनुपर्दछ, मनोबल उच्च राख्नुपर्छ ।

 कोरोनाबाट बच्ने ७ उपाय :

को : कोलाहाल र भिडभाड ठाँउबाट टाढा रहने

रो : रोकथामका लागि माक्स लगाउने

ना : नाक र मुख छोपेरै मात्र हाँछ्यू र खोक्ने

भा : भाइचारा स्वरुप हात मिलाउनु भन्दा नमस्कार गर्ने

इ : इमिन्यूटि पावर कम भएका व्यक्तिको राम्रो हेरविचार गर्ने

र : राम्रोसंग पकाएर वा पखालेर मात्र खाने

स : संक्रमणको शंका लागेमा तुरुन्त नजिकको स्वास्थ्य संस्था जाने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here