एकैदिन भारतमा कोरोना सङ्क्रमित एक लाख ५२ हजार थपिए

207

काठमाडौं । भारतमा कोरोनाभाइरसका एक लाख ५२ हजार सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनका कुल सङ्क्रमित दुई करोड ८० लाख ४७ हजार ५३४ पुगेको छ ।
समाचार संस्था एएनआईका अनुसार पछिल्लो चौबीस घण्टामा एक लाख ५२ हजार ७३४ सङ्क्रमित थपिएका छन् । बिगत् ५० दिनमा दैनिक थपिने सङ्क्रमितमा चौबीस घण्टामा थपिएका सङ्क्रमित अहिलेसम्मकै सबैभन्दा कम हो । सोही अबधिमा दुई लाख ३८ हजार २२ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ९१.६० प्रतिशत पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा तीन हजार १२८ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट भारतमा तीन लाख २९ हजार १०० जनाले ज्यान गुमाएका छन् । हालसम्म २१ करोड ३१लाख ५४ हजार १२९ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here