काठमाडौं – नेपाली सेनाले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सैनिक कल्याणकारी योजना निर्देशनालयले काठमाडौंस्थित त्रिपुरेश्वरमा सहुलियत सुपथ पसल सञ्चालन गरेको हो ।
पसलको प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार उद्घाटन गरेका छन्। उक्त पसलमा दैनिक अत्यावश्यक खाद्य सामग्रीदेखि जुत्ता, चप्पल, इलेक्ट्रोनिक र खेलकुद सामग्रीसमेत राखिएको छ । सुपथ मूल्य पसलमा बजार मूल्यभन्दा सस्तोमा दैनिक उपभोग्य सामग्री विक्री वितरण हुँदै आएको छ ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार पसलबाट वहालवाला तथा अवकाश प्राप्त सैनिकसहित उनीहरुका आश्रित परिवारले सेवा पाउनेछन् ।


















