कम्पनी रजिष्ट्रार कार्यालयमा सीआईबीको छापा

140

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सीआईबी)ले कम्पनी रजिष्ट्रार कार्यालयमा छापा मारेको छ ।

आइतबार छापा मारेर उप-रजिष्ट्रारद्धय धर्मराज रोकाया र गंगाधर पौडेललाई पक्राउ गरेको सीआईबीका प्रवक्ता सानुराम भट्टराईले जानकार दिए साथै यो प्रकरणमा अन्य केहि कर्मचारी तथा व्यक्तिलाई समेत पक्राउ गर्ने तयारी भैरहेको जनाए ।

शंकर इलेक्ट्रोनिक्स प्रालिको सेयर ट्रान्सफर प्रकरणमा अनियमितता भएको आरोपमा सीआईबीले २ जना उप-रजिष्ट्रारलाई पक्राउ गरेको जनाएको छ ।

रजिष्ट्रार कार्यालय श्रोतका अनुसार शंकर इलेक्ट्रोनिक्स कम्पनीको २५ लाख रूपैयाँको सेयर ट्रान्सफर गर्ने कार्यमा कीर्ते भएको पाइएपछि सीआईबीले छापा मारेर पक्राउ गरेको हो । हङकङमा रहेका सेयरधनीलाई पत्तै नदिई नक्कली कागजपत्र निर्माण गरी सेयर ट्रान्सफर गरेपछि सीआईबीले छापा मारेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here