सल्यान / पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुर्याउने उद्देश्यले नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको बैठक चाँदनि साततले गुफामा बस्ने भएको छ । छत्रेश्वरि गाउँपालिकाको लेखपोखरा स्थीत गुफामा मंगलबार (भोलि) महासंघको बैठक बस्न लागेको हो ।
महासंघका जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्माले वार्षिक साधारणसभा गर्ने तथा महासंघको स्थापना दिवस मनाउने लगाएतका महत्वपूर्ण एजेण्डामा बैठक बसि छलफल र निर्णय गरिने जानकारी दिए । पर्यटकीय स्थलहरुको प्रचुरता रहेको सल्यानमा वेजोड नमुनाको रुपमा रहेको चाँदनी साततले गुफामा जिल्लाभरका पत्रकारहरु पुग्दा गुफाको महत्व उजागर गर्न र प्रचारप्रशारमा टेवा पुग्ने शर्माले विश्वास व्यक्त गरे ।
यसैविच महासंघको मंगलबार (भोलि) बस्न लागेको बैठकमा उपस्थीत भइदिन जिल्ला कार्यसमितीका सम्पूर्ण पदाधिकारि, सल्लाहकार र प्रदेश तथा केन्द्रीय पार्सदहरुलाइ सचिव शंकर के सीले आग्रह गरेका छन् । विहान ठिक १० बजे लेखपोखरामा बैठक शुरु हुने उनले जानकारि दिएका छन् ।


















