अनुसन्धानात्मक लेख लेख्दा शुरुवात कसरी गर्ने ?

974

प्रा.डा. मनप्रसाद वाग्ले, नेपालको शिक्षा क्षेत्रमा चिनिएको ब्यक्तित्व त हुन् नै उनले पछिल्लो समय प्रविधि मार्फत् सिकाइलाई विस्तार गर्ने अभियान शुरु गरेका छन् । यसको साधन भएको छ सामाजिक सञ्जाल फेसबुक । फेसबुक भन्नासाथ समयको बर्वादी ठान्ने केही शिक्षकरअभिभावकलाई चुनौती दिदैं उनले फेसबुक मार्फत् नै सकाइ विस्तार शुरु गरेका हुन् । सबै भन्दा पहिले उनले फेसबुककै मार्फत् थेसिस लेख्ने तरिका सिकाएका थिए । जुन हामीले पनि प्रकाशित गर्यौं, हाम्रा पाठकहरुले त्यसलाई खुबै रुचाए । त्यस पछि उनले अनुसन्धान प्रस्तावना तयार पार्ने बारेमा फेसबुक मार्फत् नै सिकाए । त्यो पनि निकै रुचाईयो । यस पटक वाग्लेले अनुसन्धानात्मक लेख तयार पार्ने र प्रकाशन गर्ने विषयमा केन्द्रित भएर फेसबुक मार्फत् नै सिकाएका छन् । उनको उक्त सामग्री हामीले साभार गरेका हौं :

 लेखनको शुरुवात कसरी गर्ने ?
लेखनको शुरुवात गर्दा पहिला मुख्य रूपमा यसको प्रारूपमा विचार गर्नु पर्ने हुन्छ । पहिला प्रारूप कोरिसकेपछि काम गर्न सजिलो हुन्छ । प्रारूप भनेको एउटा खाका हो जसले तपाइंलाई कुनै पनि कुरा नछुटाईकन अगाडि बढ्न मद्दत गर्दछ । सामान्यतयाः लेखन शुरु गर्दा मुख्य ४ वटा तहको विचार गर्नुपर्ने हुन्छ ।

१) शीर्षकको चयन

२) शीर्षक अनुसार अनुसन्धानात्मक कार्य

३) लेखन ढाँचाको प्रारूप र

४) लेखन कार्य

१) शिर्षकको चयन : यस सम्बन्धमा अघिल्लो पाठमा नै चर्चा गरिसकिएको छ । मुख्य कुरा तपाइंको लेखको शिर्षक समसामयिक हुनुपर्दछ । बजारमा उपलब्ध सिद्धान्लाई चुनौती दिन सक्ने वा कारण सहित सोही सिद्धान्तको पुष्टी गर्ने खालको पनि हुन सक्छ । त्यो भनेको तपाईंले संकलन गर्नु भएको सूचनाको विश्लेषणले जनाउने कुरा हो । तर पनि पहिलानै यस्ता कुरामा विचार गरेर शिर्षक छान्न सके पछि लेखनमा सजिलो पर्दछ ।

तथ्यका आधारमा पुष्टी हुने खालको शीर्षक रोज्नु अति आवश्यक हुन्छ । शिर्षक रोज्दा यौटा तर पछि सूचना ९तथ्यांक० विश्लेषण गर्दा अर्कै अर्थ लाग्ने खालको भयो भने शिर्षक काम नलाग्ने हुन सक्छ । त्यस्तो अवस्थामा शिर्षक परिवर्तन पनि गर्न सकिन्छ । यसो भन्दैमा जे पनि शिर्षक रोज्ने र पछि सुधार गर्ने भन्ने होइन । शिर्षक अनुसारको अनुसन्धानात्मक प्रश्न र त्यही प्रश्नको उत्तर आउने खालको सूचना संकलन गरेपछि शीर्षक नमिल्ने भन्ने प्रश्न नै रहन्न । सबभन्दा महत्वपूर्ण कुरा भनेको तपाईंको आफ्नो रुचिको विषयवस्तु नै हो शीर्षक चयनका लागि । आफूले छानेको शिर्षकका बारे आफ्ना सहकर्मी र सिनियरहरु संग छलफल गर्ने र सुझाव समेट्ने कार्य गर्नु भयो भने अझ राम्रो हुन्छ । आफ्नो विषयमा बिभिन्न जर्नलमा प्रकाशित लेख अध्ययन गरेर शिर्षक रोज्ने काम अर्को महत्वपूर्ण कडी हो । यसो गर्दा तपाइंको अनुसन्धानमा मौलिकता कायम गर्न मद्दत मिल्छ ।

२) शिर्षक अनुसार अनुसन्धानात्मक कार्य : अनुसन्धानात्मक कार्यको शुरुवात बिभिन्न स्रोतमा उपलब्ध लेख, रचना, पुस्तकका अध्ययनबाट हुन्छ । जसलाई Literature review भनिन्छ । आफ्नो विषयवस्तुसंग सम्बन्धित यस अगि गरिएका अनुसन्धान अध्ययन गर्न छुटाउनै हुँदैन । यस्तो अध्ययनले तपाईंको रुचिको विषयमा बजारमा के कस्ता ज्ञान उपलब्ध छन् र के गर्न बाँकी छ भन्ने कुराको जानकारी हुन्छ । बाँकी काम भनेकै research gap हो र त्यस्तो gap लाई समेटेर शीर्षक पुनरावलोकन गर्न सकियो भने त तपाइंको लेख अन्तर्राष्ट्रिय स्तरमै गुणस्तरयुक्त हुन्छ ।

त्यसैले पहिलो चरणमा अध्ययन गर्ने नै हो । अरुको लेख रचना नपढी अनुसन्धानात्मक लेख लेख्ने सोच राख्न सकिन्न । यसरी पढ्ने सामग्री खोज्दा मौलिक लेख रचना, विषयवस्तुसंग मेल खाने अनुसन्धानात्मक लेख, तपाईंको विषयले समेट्ने सान्दर्भिक नीति, तथा सैद्धान्तिक आधारका बारेमा अध्ययन गर्नु लाभकारी हुनेछ । यस्ता अध्ययनले तपाइंको अनुसन्धानमा गुणात्मक सहयोग पुर्याउंछन् । यिनै मसलालाई आधार मानेर तपाईं सजिलै आफ्ना सूचना विश्लेषणलाई यथार्थ परक बनाउन सक्नुहुन्छ ।

यसका अतिरिक्त आफ्नो मौलिकपनलाई झल्काउन तपाईं पभथ बअतयचक संग अन्तवार्ता लिएर पनि त्यो सूचना आफ्नो अनुसन्धान बलियो पार्ने काम उपयोग गर्न सक्नु हुन्छ । तर सधैं यो जरूरी हुँदैन । उपलब्ध तथ्य र सूचनालाई आधार बनाएर मात्रै पनि अनुसन्धानात्मक लेख तयार पर्न सकिन्छ । थप सूचना संकलन गरेर पहिलाको अनुसन्धानात्मक लेखलाई पुष्ट्याई वा आलोचनात्मक रूपमा उपयोग गरेर मौलिक लेख सिर्जना गर्न सकिन्छ ।

ध्यान दिनुपर्ने अर्को कुरा के हो भने आफ्नो अनुसन्धानको लागि सकेसम्म धेरै स्रोतबाट सूचना Key factors संकलन गर्नु । जति धेरै स्रोतबाट सूचना संकलन गर्न सक्नुभयो उति नै धेरै तपाइंको लेख भरपर्दो मानिन्छ । यसले तपाईंलाई आफ्नो विश्लेषण बिभिन्न कोणबाट गर्न मद्दत गर्दछ । यसरी सूचना खोज्ने क्रममा तपाईंले प्रयोग गर्ने वेव साइटले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।

यसरी वेव साइट खोज्दा .com भन्दा पनि .edu, .gov   र .org  मा जानुहोला जुन भरपर्दो र विश्वसनीय मानिन्छन् । .com का सूचना एकांगी र विज्ञापनमूलक बढी हुन्छन र तिनले अनुसन्धानमा खासै सहयोग पुर्याउन सक्दैनन् । तर पनि विचारका लागि .com अध्ययन गर्नु अपराध भने होइन । Google मा पनि Google scholar  भित्र पस्नु भयो भने बढी लाभकारी हुनेछ ।

आफूले काम गर्ने वा पढ्ने संस्थाले कतिपय जर्नल अन लाइन किनेका हुन्छन् । त्यस्तो जर्नलको अध्ययन तपाईं पनि निःशुल्क गर्न सक्नु हुन्छ । free journal website भेटाउन सक्नुहुन्छ । खोज्नुहोस र उपयोग गर्नुहोस् । विदेशमा पढ्ने आफ्ना नातेदार वा इष्टमित्रलाई गुहारेर पनि तपाईं नयाँ नयाँ लेख रचना पढ्ने चाँजो मिलाउन सक्नुहुन्छ ।

आफूलाई घत परेको कुनै अनुसन्धाता र तिनका लेख आवश्यक परे तिनका वेव साइटमा गएर इमेल ठेगाना पत्ता लगाउने र पत्राचार गरी उनीहरुका लेख उपलब्ध गर्ने काम पनि थुप्रै अनुसन्धाताले गर्दै आएका छन् ।

३। लेखन ढाँचाको प्रारूप स् लेखन कार्य गर्दा कसरी अगाडि बढ्ने, के के कुरा राख्ने र कुन कुन पक्षलाई जोड दिने भन्ने कुरा थाहा पाउनु निकै जरूरी हुन्छ । लेख्न बस्दा तपाईंसंग आवश्यक सूचना वा तथ्यांक संकलन भैसकेको हुनुपर्दछ । यसरी संकलन गरिएका सूचनालाई विश्लेषण गर्दै संगठित रूपमा राख्नुपर्दछ ।

तपाईंको अनुसन्धानले खोजेको प्रश्नको उत्तर आउने गरी यस्तो संगठन गर्नु वान्छनीय हुन्छ । यो एउटा पक्ष भयो । अर्को पक्ष भनेको तपाईंले पढ्नु भएका लेख रचना, अनुसन्धानात्मक कृति, थेसिस, पुस्तक, नीतिका दस्तावेज जे जति छन् ती paraphrase गरेर ठिक्क राख्नु पर्दछ । paraphrase भन्नाले अरुको विचार तपाइंको भाषामा पाठकलाई बुझाउने प्रक्रिया र विधि हो । यसमा कसको विचार कहाँबाट लिइएको भन्ने प्रष्ट उल्लेख हुनुपर्दछ ।

अरुको विचार हूबहू सार्नु भनेको वौद्धिक चोरी मानिन्छ र त्यो अनुसन्धानात्मक लेखमा ग्राह्य हुँदैन । जर्नल हाउसले वौद्धिक चोरीका लेखहरु (plagiarised article) अस्वीकृत गरिदिन्छन् । त्यसैले अरुको विचार पढौं, आफ्नो भाषामा लेखौं र लेखकलाई क्रेडिट दिऔं । यो नै उबचबउजचबकष्लन हो ।

कहीं कतै कसैको भनाई हूबहू राख्ने पर्ने भए quotation mark भित्र राखौं र कुन पेजबाट त्यो लिइएको हो पेज नम्बर समेत उल्लेख गरौँ । त्यसपछि क्रमशः लेखन कार्यको प्रारम्भ गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here