वास्तवमा पैसा कमाउन सजिलो छैन । भनिन्छ पैसा रुखमा फल्दैन । तर यो दुनियामा यस्तो रुख पनि छ, जसमा पैसा फल्दछ । जहाा एउटा देशको मात्र कहाा हो र अन्य देशको पनि पैसा फल्दछ । यसरी पैसा फल्ने रुखको बिरुवा त आफ्नो घरमै ल्याएर रोप्न पाए हुन्थ्यो भन्ने चाहना जाग्यो होला हैन ? तर के गर्नु, यो रुख अप्राप्य छ र यो जस्तो अर्को कुनै रुख यो दुनियाामा छैन । यो रुख आफ्नो प्रजातिको अन्तिम रुख हो पृथ्वीमा ।
बेलायतको स्कटिस हाइल्याण्डस्थित पिक डिस्ट्रिक्ट जंगलमा यो अनौठो रुख छ । पैसाले लादिएको यो रुख १७ सय वर्ष पुरानो हो । यो रुखको काण्डमा कुनै पनि त्यस्तो ठाउा छैन, जहाा बेलायती मुद्राका सिक्का नटाासिएका होउन् । देख्दैमा अद्भूत छ यो रुख । वास्तवमा यो रुखमा पैसा फलेका भने होइनन् । मानिसहरूले टाासेका हुन् यसमा पैसा । रुखमा पैसा टाास्नका लागि टाढा–टाढाबाट मानिसहरू आउाछन् । धेरै विदेशी पर्यटक पनि आउाछन् यहाा । त्यसैले रुखमा बेलायती तथा अन्य विदेशी सिक्का पनि टाासिएका छन् । यहाा कुनै पनि जोडी गएर रुखमा सिक्का टाास्नाले मानव जोडीको सम्बन्ध अटुट हुने मान्यता छ ।
















