प्रेममा परेका जोडीहरूले एकअर्कालाई ‘लभ बाइट’ दिनु सामान्य कुरा हो । तर यही मायालु टोकाइ कतिपय अभागीहरूका लागि मृत्युको कारक समेत बन्दोरहेछ, सायद कसैले सोचेको पनि हुादैन । अमेरिकाको न्यु मेक्सिकोमा यस्तै भएको छ । त्यहाा एक गर्लफ्रेण्डको लभ बाइटबाट उनका ब्वायफ्रेण्डको ज्यान गएको छ । समाचारका अनुसार न्यु मेक्सिकोमा बस्ने १७ वर्षीय जुलियो गोन्जोलज आफ्नी २४ वर्षीया प्रेमिकाको साथ डेटिंगपछि आफ्नो परिवारसागै डिनर लिनका लागि घरमा बसेका थिए । अचानक उनको शरीरमा ऐठन हुन लाग्यो । उनलाई तीव्र रूपमा दुखाइ महसुस भयो । उनलाई तत्कालै अस्पताल लगियो । डाक्टरहरूले उनको उपचार त सुरु गरे तर बचाउन भने सकेनन् ।
वास्तवमा प्रेमिकाको लभ बाइटबाट गोन्जालेजको गर्धनमा रगत जमेको थियो । उक्त जमेको रगत उनको मस्तिष्कसम्म पुगेछ जसका कारण उनलाई मस्तिष्कघात भयो र मृत्यु भयो । गोन्जालेजको मृत्युपछि उनकी प्रेमिका फरार छिन् ।


















