इस्लामावाद / पाकिस्तान र भारतबीचको व्यापार कारोबार सम्भावनाभन्दा निकै तल अर्थात् दुई अर्ब अमेरिकी डलर बराबर भएको भन्दै विश्व बैंकले एक प्रतिवेदनमार्फत चिन्ता व्यक्त गरेको छ ।
उसले भनेको छ, ‘यदि दुई छिमेकीले मानव सिर्जित अवरोधहरूलाई हटाउने हो भने मात्रै पाकिस्तान र भारतको कारोबारमा करिब ३८ अर्ब डलर पुग्ने देखिन्छ, जुन वर्तमान् अवस्थामा झण्डै दुई अरबको हाराहारीमा छ ।’
गत बुधबार सार्वजनिक प्रतिवेदन ‘दक्षिण एसियामा क्षेत्रीय व्यापारको प्रतिवद्धता’ मा बैंकले भनेको छ, सामान्य विवादहरूलाई थाँती राखेर दुई देशको व्यापारिक कारोबारलाई सहज बनाउँदा मात्रै कैयौँ गुणा कारोबार बढ्ने र यसबाट दुबै मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाब देखिने सम्भावना रहेको छ ।’
बैंकले दक्षिण एसियामा अहिलेको तुलनामा पाकिस्तानले निकै धेरै कारोबार गर्नसक्ने बताएको पाकिस्तानी अङ्ग्रेजी दैनिक ‘डन’ पत्रिकाको अनलाइन प्रकाशनमा जनाएको छ । अहिलेको अवस्थामा पाकिस्तानको कारोबार पाँच अर्ब डलर मात्र रहेपनि यसलाई बढाएर ३९ अर्ब सात करोड अमेरिकी डलर पु¥याउन सकिने विश्व बैंकको अनुमान रहेको डनले प्रतिवेदनलाई उद्धृत गरी उल्लेख गरेको छ ।


















