काठमाडौं/ उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा प्रमुख अतिथि रहेको नर्भिक इन्टरनेशनल हस्पिटलको एउटा कार्यक्रममा हिजो अस्पतालका अध्यक्ष वसन्त कुमार चौधरीले महरालाई निकै भावुक बनाए । नेपालका अस्पतालहरूले भोग्नुपरेको समस्या र नेपालका अस्पतालहरूमा कार्यरत चिकित्सकहरूले सरकारी नीतिका कारणबाट चिकित्सक नभएर व्यापारी बन्नु परिरहेको अवस्थाबारे आफ्नो मन्तव्यका क्रममा चौधरीले गम्भीर बनेर समस्या प्रस्तुत गरेका थिए । चौधरीले समस्याहरू अवगत गराइरहादा उपप्रधानमन्त्री महरा पनि गम्भीर बनेका थिए ।
चौधरीले सभापतिका आशनबाट बोल्नुअघि उपप्रधानमन्त्री महराले कार्यक्रमलाई सम्बोधन गरेका थिए । महराले नर्भिक अस्पतालले ‘लुन–गंगा अपरेटिङ सुइट्स’को नाममा निर्माण गरेको नयाा अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको शल्यक्रिया कक्षको उद्घाटन सम्बोधन गर्ने क्रममा नर्भिक अस्पतालले पुर्याएको स्तरीय स्वास्थ्य सेवाको खुलेर प्रशंसा गरेका थिए । मन्त्री महराबाट शल्यक्रिया कक्ष निर्माणमा खटिएका प्राविधिकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने अध्यक्ष चौधरीबाट उपप्रधानमन्त्री महरालाई मायाकोचिनो प्रदान गरिएको थियो । कार्यक्रमलाई अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले सम्बोधन गरेकी थिइन् । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले धन्यवाद ज्ञापन गरेका थिए । नेपालका सबै अस्पतालहरुको संगठन एसोसिएसन अफ प्राइभेट इन्ष्टिच्युसन नेपाल (अफिन)का अध्यक्षसमेत रहेका नर्भिक इन्टरनेशनल हस्पिटलका अध्यक्ष वसन्त कुमार चौधरीले आम नेपालीले स्तरीय स्वास्थ्य सेवा घरदैलोमा नै पाउनु पर्छ भन्ने आफ्ना पिताजीले देख्नु भएको सपना पूरा गर्न आफू २५ वर्षदेखि कार्यरत रहेको जानकारी गराउादै विश्वकै उत्कृष्ट प्रविधिलाई देशमा भित्र्याउने पिताजीको सपना साकार पार्न प्रयत्नरत रहेको उल्लेख गरे । विश्वस्तरीय प्रविधि भित्र्याउने क्रममा नर्भिकले यसै वर्ष दुई सय शैयाको अत्यन्तै आधुनिक प्रविधि सहितको नयाा भवनको निर्माण कार्य सुरु गरेको र न्वाइजलेस एमआरआइ र अत्याधुनिक सिटीस्क्यान स्थापना गर्न गइरहेको जानकारी पनि चौधरीले गराए ।
दुई महिनाभित्र नै नर्भिक अस्पतालले अत्याधुनिकप्रविधि सम्पन्न आइयूएफ केन्द्र रहेको हेमो डाइलायसिस केन्द्र शुभारम्भ गर्न गइरहेको जानकारी पनि चौधरीले गराए । कार्यक्रममा तालीको स्वागत पाएपछि हौसिदै चौधरीले अर्को सुखद् खबर पनि म यहाा उल्लेख गर्न चाहन्छु भन्दै दक्षिण भारतको प्रतिष्ठित संस्थासागको संयुक्त लगानीमा १ सय शैयाको क्यान्सर उपचारका लागि आवश्यक सम्पूर्ण सुविधा सम्पन्न अत्याधुनिक अस्पतालको निर्माण कार्य यसै वर्ष सुरु गरिने जानकारी पनि गराए । चौधरीले नर्भिकको स्याटेलाइट सेन्टरका रूपमा पोखरा र विराटनगरमा मल्टिस्पेसियालिटी हस्पिटल पनि छिट्टै सञ्चालन गर्ने लक्ष्य राखेको जानकारी गराए ।
अत्याधुनिक प्रविधि अत्यन्तै महागो हुन्छ र त्यसलाई झन् महागो बनाउने कार्य राज्यबाट भइरहेकोमा गुनासो गर्दै चौधरीले कुनै पनि मुलुकमा नभएको स्वास्थ्य सेवामा भ्याट र एचएसटी नेपालले मात्र लगाउने गरेकोमा आपत्ति जनाए । यसबाट स्वास्थ्य सेवा आमजनताको पहुाचबाट बाहिर गएको मात्र छैन, जनमानसमा नकारात्मक प्रभाव समेत पार्ने गरेकोप्रति चौधरीले ध्यानाकर्षण गराए ।
विश्वस्तरीय सेवा उपलब्ध गराउन विश्वस्तरीय प्रविधि भित्र्याउनु पर्छ जुन अत्यन्त महागो छ, त्यसमाथि पनि भन्सार शुल्क र भ्याटका कारण प्रविधि २५ प्रतिशत महागो भएको स्पष्ट पार्दै चौधरीले प्रविधि विकास गर्ने हो भने राज्यले यस्तो नाजायज कर र दस्तुर सीमा बन्द गर्नु पर्नेमा जोड दिए । चौधरीले अर्को महत्वपूर्ण विषय भन्दै उपप्रधानमन्त्री महराको ध्यानाकर्षण गराउादै भने– डाक्टर साबहरू भ्याटमा दर्ता हुने व्यवस्था गरिनु कति जायज हो ? डाक्टरी पेशा व्यापार हैन भन्दै चौधरीले राज्यले डाक्टरहरूको सेवामाथि भ्याट लगाउने व्यवस्था गरेर डाक्टरी पेशा व्यापार बनाउन खोजेको आरोप लगाउादै त्यतिमात्र हैन हरेक डाक्टरले एउटा लेखापाल राखी ट्याक्स क्लियर गर्नुपर्ने बाध्यता गरिएको खुलासा गरे ।
यस्ता धेरै नमिल्दा विषयहरू विद्यमान स्वास्थ्यसेवा क्षेत्रमा र सबैभन्दा ठूलै विभेद दुरदराज क्षेत्रमा रहेका साना अस्पतालहरूले डेडीकेटेट विद्युतीय लाइनमा पनि भोग्नु परिरहेको स्पष्ट गराउादै राष्ट्रले सम्पूर्ण सेवा प्रदायकहरूलाई एउटै नजरबाट हेर्नु पर्नेमा चौधरीले जोड दिए ।


















