राष्ट्रपतिको आदेश आएको तीन मिनेटभित्रमा मिसाइल प्रहार गरिसक्नुपथ्र्याे
रिचर्ड होलिंघम, बीबीसी फ्यूचर
बीसाौ शताब्दीमा विश्वले करिब आधा शताब्दी निकै त्रासका बीच बिताउनुपर्यो । यसको कारण थियो अमेरिका र सोभियत संघका बीचमा रहेको शीतयुद्ध । सन् १९४५मा दोस्रो विश्वयुद्धको अन्त्य हुनुभन्दा पहिले नै अमेरिका र सोभियत संघका बीचमा असमझदारी बढेको थियो । अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा एटम बम खसालेर विश्वलाई आफ्नो शक्तिको महसुस गराएको थियो । त्यसछि मात्र अमेरिका र सोभियत संघका बीचमा आणविक हतियारको प्रतिस्पर्धा सुरु भएको थियो । अमेरिका र सोभियत संघ एकभन्दा अर्काेले कसरी शक्तिशाली आणविक हतियार बनाउने भन्ने विषयमा प्रतिस्पर्धा गरिरहेका थिए । दुई शक्ति केन्द्रका बीचमा भएको यो प्रतिस्पर्धाका कारण दुवै देशमा यति धेरै आणविक हतियार बनेका थिए कि जसले विश्वलाई कुनै पनि बेला ध्वस्त पार्न सक्ने अवस्था बनेको थियो ।
शीतयुद्धका बेला अमेरिका र सोभियत संघ दुवैले कैयाौ खुफिया आणविक केन्द्रहरु बनाएका थिए । जहाा ठूला–ठूला आणविक मिसाइलहरु लुकाएर राखेका थिए । दुवै मुलुकलाई एकअर्काका खुफिया आणविक केन्द्रको बारेमा जानकारी थियो । त्यसैले यी दुई मुलुकमध्ये कुनै एकले अर्काेमाथि हमला गरेको अवस्थामा विश्व तहसनहस हुने निश्चित थियो । यी खुफिया आणविक केन्द्र नै विश्वलाई तहसनहस बनाउन पर्याप्त थिए । जसमध्ये अमेरिकाको खुफिया आणविक केन्द्रका बारेमा यहाा चर्चा गर्ने प्रयास गरिएको छ ।
अमेरिकाको खुफिया आणविक केन्द्र अमेरिकाको एरजोनामा रहेको टक्सन सहरको नजिकै रहेको रेगिस्तानी क्षेत्रमा थियो । मेक्सिकोको सीमाबाट यो केही किलोमिटरमात्र टाढा थियो । उक्त क्षेत्रलाई माथिबाट हेर्दा कसैलाई पनि त्यो क्षेत्रमा विश्वलाई तहसनहस पार्नसक्ने आणविक हतियार छन् भन्ने सामान्य आशंका समेत हुादैन थियो । यस आणविक बेसमा खटिएकी इवोन मरिस सोभियत संघलाई उक्त केन्द्रका बारेमा जानकारी भएको हुनसक्ने अनुमान गर्छिन् । तर टक्सन सहरका मानिसहरुलाई भने उक्त खुफिया आणविक बेसका बारेमा कुनै शंका समेत थिएन । इवोन त्यस क्षेत्रमा सन् १९८० देखि ८४ सम्म बसेकी थिइन् । उक्त आणविक बेसमा जानका लागि अन्डरग्राउण्डका कैयाौ सिाढीहरु पार गर्नुपर्नै उनको भनाइ छ । आणविक बेससम्म पुग्दा उनले कैयौा पटक सुरक्षा कोडहरु समेत भन्नुपथ्र्याे । त्यसबेला उनी लगातार क्यामेराको निगरानीमा रहनुपथ्र्याे । त्यसका पछाडिको कारण कसैले बन्दुकको बलमा कोही आणविक हतियारको भण्डारण रहेको क्षेत्रसम्म पुग्न नसकोस् भन्ने थियो । इवोन भन्छिन्, खुफिया आणविक केन्द्रको उद्देश्य आफ्ना दुश्मनलाई डर देखाएर तेस्रो विश्व युद्ध हुनबाट रोक्नु थियो । तर उक्त केन्द्रमा विश्वलाई तहसनहस बनाउने समान राखिएको थियो । उक्त आणविक बेसमा अमेरिकाको टाइटन २ आणविक मिसाईल राखिएको थियो । उक्त मिसाइल करिब सात तल्ला जत्तिकै अग्लो थियो । यदि सोभियत संघले सुरुमा परमाणु हतियारद्वारा आक्रमण गरेमा इवोन र उनका साथीहरुसाग जवाफी आक्रमणका लागि जम्मा तीन मिनटको समय बााकी थियो । यस अवधिमा उनीहरुले सीढिबाट दगुर्दै आणविक बेसको कन्ट्रोल रुममा जानुपथ्र्याे । उनी एक्लै उक्त स्थानमा जान सक्दैन थिइन् । त्यसैले उनीसागै एक जना साथीले उनलाई साथ दिनुपथ्र्याे । यी दुवै जनाले कैयाौ पटक सुरक्षा जााचको सामना गर्नुपथ्र्याे । यस पछि पनि दुवै जनालाई मिसाइल प्रहारको आदेशका लागि फोनबाट एउटा कोड डायल गर्नुपथ्र्याे । त्यसपछि राष्ट्रपतिबाट मिसाइल प्रहारको आदेश कोडको रुपमा आएपछि त्यसलाई इवोन र उनका साथीले मिलाउनुपथ्र्याे । उक्त कोर्डलाई दुवै जनाले कम्तीमा तीनपटक कोड मिलान गरेपछि मात्र इवोन र उनका साथीले आणविक मिसाइललाई प्रहार गर्न सक्दथे । यसका लागि उनीहरुसाग तीन महिना मात्र समय बााकी हुन्थ्यो ।
इवोन भन्छिन्, अमेरिकाको खुफिया आणविक आधारको सुरक्षा यस्तो थियो कि कुनै एक जना व्यक्ति मात्र न त कन्ट्रोल रुममा जानसक्थ्यो, न त मिसाइल प्रहार गर्न नै । यस्तो व्यवस्था किन पनि गरिएको थियो भने कुनै एक्लो व्यक्तिले आफ्नो सनकको भरमा विश्वलाई तहसनहस पार्न नसकोस ।
सन् १९६० देखि १९८४सम्म छक्सन सहरमा १८ वटा टाइटन–२ मिसाइल तयारी अवस्थामा राखिएको थियो । इवोनका अनुसार उनलाई त्यस क्षेत्रसम्म लगिएको थियो, जहाा मिसाइल राखिएको थियो । त्यस क्षेत्रलाई ‘सिलो’ भनिन्छ । जब इवोन पहिलो पटक उक्त आणविक बेसमा पुगेकी थिइन्, त्यतिबेला कमाण्डरले उनलाई आणविक मिसाइल रहेका सबै क्षेत्र देखाएका थिए ।
आणविक मिसाइलहरुमा निर्माता कम्पनीको नाम जनरल इलेक्ट्रिकल राखिएको इवोन जनाउाछिन् । त्यतिबेला उक्त कम्पनीले आफ्नो विज्ञापनमा मानिसहरुका लागि राम्रो चीज लिएर आउने दाबी गथ्र्याे । जब कि टाइटन–२ विध्वस गर्ने वस्तु थियो । यो देखेर इवोनलाई हाासो लागेको थियो ।
अमेरिकाको उक्त खुफिया आणविक आधारमा खटिने मानिसहरु २४ घण्टाको सिफ्टमा काम गर्थे । साथै कुनै पनि व्यक्ति कहिल्यै पनि एक्लै हुनै सक्दैनथे । एक जनाको साथमा अर्काे हुनैपथ्र्याे । सिफ्ट परिवर्तन हुनुभन्दा पहिले सबैले भ्याकुम क्लीनरबाट त्यहाा बिछ्याइएको कार्पेस सफा गर्नुपथ्र्याे । उक्त भ्याकुम क्लीनरलाई समेत कसैले एक्लै निकाल्न वा प्रयोग गर्न सक्दैनथे । सुरक्षाका कारया यस्तो व्यवस्था गरिएको थियो ।
इवोन आणविक बेसमा खटिएका कुनै एक जना मात्र व्यक्तिले तेस्रो विश्वयुद्ध सुरु गर्न नसक्ने जनाउाछिन् । के तपार्इंले मिसाइल आक्रमण गर्नुहुन्थ्यो भन्ने प्रश्नमा उनको जवाफ थियो, आदेश आएको खण्डमा उनले पक्कै पनि मिसाइल आक्रमण गर्नुपथ्र्याे । किनभने यस्तो आदेश त्यतिबेला मात्र आउाथ्यो, जतिबेला सोभियत संघले अमेरिकामाथि परमाणु आक्रमण गथ्र्याे । इवोनको भनाइअनुसार उनको परिवारको मृत्यु निश्चित थियो । उनी आफौ पनि बााच्न सक्दैन थिइन् । किनभने सोभियत संघलाई अमेरिकाको उक्त आणविक आधारका बारेमा जानकारी थियो । त्यसैले उसले खुफिया आणविक बेसमा नै आक्रमण गर्न सक्थ्यो । यसैकारण उनले मर्नुभन्दा पहिले सोभियत संघमाथि मिसाइल आक्रमण गरेर तहसनहस बनाउने निश्चित थियो । उक्त आणविक बेसमा रहेको टाइटन–२ मिसाइल आक्रमण गर्न उनलाई ५८ सेकेन्ड मात्र समय लाग्थ्यो ।
अमेरिका र सोभियत संघ दुवैलाई परमाणु हमला भएमा विश्व तहसनहस हुनेबारे राम्रैसाग जानकारी थियो । यही कारणले विनाशकारी मानिने यी मिसाइलले विश्वलाई तेस्रो विश्वयुद्ध हुनबाट रोकेको थियो । तर अहिले भने यी खुफिया परमाणु केन्द्रहरु संग्रहालयमा बदलिएका छन् । हाल इवोन उक्त संग्रहालयकी निर्देशक छिन् । उनी मानिसहरुलाई उक्त खुफिया परमाणु बेसको भ्रमण गराउाछिन् । उनले मिसाइल राखिएको क्षेत्र तथा पुराना कम्युटर र कन्ट्रोल रुपमका बारेमा मानिसहरुलाई जानकारी गराउाछिन् । उक्त संग्रहालयले मानिसहरुलाई प्रविधिको शक्तिको महसुस गराउने इवोनको भनाइ छ । जसले विश्वलाई तहसनहस बनाउन सक्थ्यो ।
बीबीसीबाट साभार

















