चिनियाा विज्ञले मुख खोले

250

काठमाडौ/ चिनिया विज्ञहरूले पनि प्रधानमन्त्री प्रचण्डले भारतसाग गरेको सम्झौता बारे चासो देखाएका छन् । यहाासम्मकी नेपालले चीनसाग सम्बन्ध राम्रो बनाउन नचाहेको भन्ने आशयको प्रतिक्रिया चिनिया विज्ञबाट सार्वजनिक भएको छ । इण्डियन स्टडिज सेन्टर फ्रम बेइजिङ इन्टरनेशनल स्टडिज युनिभर्सिटीका कार्यकारी निर्देशक सु लियांगले नेपालले चीनसागको सम्बन्धलाई महत्व नदिएको प्रतिक्रिया दिएका छन् । चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्समा आलेख लेख्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले प्रधानमन्त्री प्रचण्डको हालै भएको भारत भ्रमणको विषयलाई संकेत गर्दै मानिसहरूले प्रचण्डले भारतसाग सम्बन्ध बनाउन खोजेका हुन् वा नेपाललाई भारतको नियन्त्रणमा राख्न भन्ने प्रश्न गरिरहेको जनाएका छन् । उनले भारतीय प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री प्रचण्डलाई भ्रमणको निम्तो दिएपछि प्रचण्डले काठमाडौ र बेइजिङबीच अघिल्ला प्रधानमन्त्री खड्ग प्रसाद ओलीका पालामा भएका सम्झौता तथा चीनसागको सम्बन्धलाई लात हानेको आरोपसमेत लगाएका छन् । नेपाल र चीनबीचको सम्बन्धको गति एक्कासी रोकिनु र नेपालमा चिनियाा उच्च नेतृत्वको भ्रमण रोकिएको जनाइनुले अभूतपूर्व अवस्था सिर्जना भएको उनले लेखेका छन् । नेपाल र चीनबीचको दुईपक्षीय सम्बन्ध एक्कासी कमजोर र संवेदनशील भएको भन्दै चीनले यसलाई नेपालले धोका दिएको उनको लेखमा उल्लेख छ । उनले अगाडी भनेका छन्, ‘जतिबेला नेपाललाई दिल्लीले दबाब दियो त्यतिबेला नेपाललाई बेइजिङ आवश्यक पर्‍यो र केही महत्वपूर्ण सम्झौता पनि गरिए । ती सम्झौताहरू नेपाललाई भारतमाथिको निर्भरता अन्त्य गर्न पनि सहयोगी थिए । तर नया दिल्लीसागको सम्बन्ध सुधार भएपछि नेपाली नेतृत्वले चीनलाई वेवास्ता गर्‍यो ।’

लियांगले नेपालका राजनीतिक नेतृत्वले बेइजिङलाई दिल्लीको काउन्टरब्यालेन्सका रूपमा प्रयोग गर्ने मनसाय नभएर भारतीय दबाबका कारण बेइजिङ र नेपालको सम्बन्धमा प्रभाव पारेको हुन सक्ने जनाएका छन् । उनले मुलुकको कुटनीति राष्ट्रको हितमा परिपक्वताका आधारमा हुनुपर्ने भन्दै तत्कालको फाईदाका लागि अबलम्बन गर्ने नीति दीर्घकालीन नहुने जनाएका छन् । उनले नेपाल भारतको सम्बन्धमा चीनले अबरोध नगर्ने पनि जनाएका छन् । चीन –नेपाल सम्बन्धलाई सुमधुर बनाउनुको सट्टा चीनलाई नयाा दिल्लीसागको लेनदेनको औजारका रूपमा प्रयोग गर्नुले नेपालको स्वतन्त्रता र सम्मानमा चोट पुग्ने उनको भनाई छ ।

आजको नेपालका लागि अबसरबादी भन्दा पनि मुलुकको परिस्थिति बुझ्न सक्ने राजनीतिज्ञको आवश्यकता रहेको भन्दै उनले त्यस्ता व्यक्तिले मात्र चीनले प्रदान गरिरहेको अवसरलाई ग्रहण गर्दै दिल्लीमाथिको निर्भरतालाई कम गर्ने र नेपाललाई पूर्णतया स्वतन्त्र मुलुक बनाउन सक्ने जिकिर गरेका छन् । उनले हालका प्रधानमन्त्री प्रचण्ड सन २००८ मा अवलम्बन गरेको बाटोबाट धेरै टाढा गएको आरोप लगाउादै केपी ओलीले यस्तो रणनीतिलाई अबलम्बन गरिरहेको टिप्पणी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here