कोरोनाको जोखिम बढेकाेले सम्मेलन नगर्न स्वास्थ्य मन्त्रालयकाे अनुराेध

73
भारतमा कोरोना संक्रमणको दर बढेसँगै मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी देशभर कुनै पनि सभा तथा सम्मेलन नगर्न आग्रह गरेको हो।

‘नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठि, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न/नगराउन अनुरोध छ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।

मन्त्रालयले हात धुन, मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्ने जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैमा अपिल गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here