काठमाडौ। आज विश्वभर विश्व पानी दिवस मनाइँदै छ। दिवसको नारा ‘मुल्यवान पानी’ रहेको छ।
संयुक्त राष्ट्र संघले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसको रूपमा मनाउन थालेको हो।
विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रहरूलाई सजग, सचेत, सक्षम र सबल बनाउन दिव मनाउन थालिएको हो।


















