कम्युनिष्टको आवरण हटाउने कि आचरण देखाउने ?

153

–निमकान्त पाण्डे
नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकार बनेपछि यो सरकारलाई दुईतिहाइ बहुमतको पु¥याउन ठूलै कसरत भएको देखियो । दुईतिहाइको बहुमतसमेत प्राप्त गरेको यो सरकारप्रति नेपाली जनताले आशा गर्नु स्वाभाविक हो । सरकारले नेपाली जनताको जीवनस्तर माथि उठाउने कार्यक्रमहरू लागू गर्ने आशा आम जनमानसमा जागेको छ । सरकार निर्माण भएको ६ महिना बितिसकेको छ, परन्तु जनअपेक्षित काम सरकारले गर्न सकेको पाईदैन । निसन्देह सरकारप्रति जनताले ठूलो आशा गरेका छन् । जनताले गरेका आशा पूरागर्न सरकारसँग पूर्वाधार छैन । समस्याहरू थुप्रै छन् । तथापि समस्याहरूलाई सम्बोधन गर्दै सरकारले आफ्नो गन्तव्य तय गर्ने हो भने जनताले आशा गर्ने ठाउँ रहन्छ । त्यसतर्पm सरकारको कुनै योजना देखिंदैन ।

कम्युनिष्ट पार्टीको बहुमतको सरकारले राजतन्त्रकालको सरकार र नेपाली कांग्रेसको सरकारभन्दा फरक शासनको अनुभूति दिन नसक्ने दुर्भाग्यपूर्ण हो । वर्तमान सत्ता सञ्चालक दलका अध्यक्ष दुवैले आपूmहरू संसदीय परिपाटीभन्दा बाहिर नजाने बचनबद्धता बारम्बार व्यक्त गरिरहेको सुनिन्छ । संसदीय परिपाटी भनेको राजावादी र नेपाली कांग्रेसको निरन्तरता नै हो भने कम्युनिष्ट पार्टी भनेर नामांकरण गरी जनतालाई झुक्याउनुको कुनै अर्थ छैन ।

२००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको गठन हुँदा पार्टीले जारी गरेको घोषणापत्रलाई कार्यान्वयन गर्ने अवसर अहिलेको सरकारसँग छ । वर्तमान सरकार कम्युनिष्ट आन्दोलनबाट खारिएका कार्यकर्ताहरू र कम्युनिष्ट आन्दोलनलाई सहयोग पु¥याउँदै आएका आम जनसाधारणहरूको मत पाएर निर्माण भएको सरकार हो । यो सरकारले जनताले अपेक्षा गरेको काम गरेर देखाउनैपर्ने दायित्व रहेको छ । जनताले अपेक्षा जे गरेका छन् नेताहरूबाट बाँडिएका आश्वासनमा नै केन्द्रित रहेका छन् । नेताहरूले जनतालाई बाँडेका आश्वासन पूरा गर्न नसकिने अवस्था देखिंदैन ।

झापा आन्दोलनको उद्देश्य के थियो ? प्रधानमन्त्री केपी ओलीले धेरै टाढा पुग्नै पर्दैन । १४ वर्षको जेलवास किन भएको हो ? केपी ओलीले अरुसँग सोध्नै पर्दैन । सबै कुरा आफ्नो जीवनीसँग जोडिएको छ । जनताले कस्तो अपेक्षा गरेका होलान् ? केपी ओलीले सिंगापुर र बैंककका अस्पतालमा पुगेर उपचार गराइरहँदा नेपाली जनताको स्वास्थ्य अवस्थाप्रति ध्यान दिनुपर्छ कि पर्दैन ? केपी ओलीको सत्तामा आगमनपछि नेपाली जनतामा आशा पलाउनु स्वाभाविक हो । नेपाली जनताले कम्युनिष्ट पार्टीको सरकार बनिसकेपछि सरकारबाट कम्युनिष्ट पार्टीका आदर्श प्रदर्शित हुने आशा जनताले गर्नुलाई कसरी गलत भन्ने ? कम्युनिष्ट पार्टीको बहुमतको सरकार निर्माण भइसकेपछि कम्युनिष्ट पार्टीका आर्थिक कार्यक्रमहरू जनताले अपेक्षा गर्नुलाई अस्वाभाविक अपेक्षा भन्न सकिन्न । जनताले कम्युनिष्ट पार्टीलाई किन मत दिएर विजयी बनाए ? नेपाली कांग्रेस र अन्य पार्टीहरूकै आर्थिक कार्यक्रमहरू अवलम्बन गर्ने हो भने जनताका बीचमा कम्युनिष्ट पार्टीको नाम भजाएर जानुको औचित्य छैन । यस्तो गर्नु जनतालाई धोका दिनु हो ।

प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल दुवै जनाको व्यक्तित्व नेपाली जनताको रगत बगाएर निर्माण भएको व्यक्तित्व हो । यी नेताहरूको व्यक्तित्व निर्माणका निम्ति नेपाली जनताले किन रगत बगाएका हुन् ? यो प्रश्न यी दुवै नेताले आफैसँग सोध्नु जरुरी छ । कार्यकर्तापंक्ति घेराबन्दी र आफ्नै नातागोताको स्वार्थमा रुमल्लिएर राष्ट्रलाई दोहन गर्ने काममा नेताहरूलाई जनताले देख्नु परिरहँदा जनतामा आक्रोश पैदा हुनु स्वाभाविक हो । नेताहरूले जनताप्रति जवाफदेही हुनै नपर्ने अवस्था विकसित गरिएको छ ।

नेकपा (एमाले) र नेकपा (माके) बीचको एकीकरणपछि देशमा एउटा सशक्त कम्युनिष्ट पार्टी बन्न पुगेको छ । सशक्त कम्युनिष्ट पार्टीको दुईतिहाइ बहुमतको सरकार निर्माण भएलगत्तै नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर कसरी तुल्याउने भन्नेतर्पm योजना सार्वजनिक गर्नुपर्ने थियो । नेपाललाई आत्मनिर्भर तुल्याउन नेपालमै रहेका प्राकृतिक स्रोतहरूको उपयोग तर्पm सरकारको ध्यानाकर्षण आवश्यक हुन्छ । प्राकृतिक स्रोतहरूको उपयोगतर्पm सरकारले कुनै योजना बनाएको देखिदैन । देशको अर्थतन्त्र चलाउन जनतालाई करको भार थोपरेर नितान्त जनविरोधी काम गर्नुपर्ने बाध्यता कम्युनिष्ट पार्टीको बहुमतको सरकारकासामु किन आइप¥यो ? यो प्रश्न गम्भीर छ । एकातिर नेताहरूले विदेशका ठूला र खर्चिला अस्पतालहरूमा राज्यको ढुकुटी खर्च गरी उपचार गरिरहेको अवस्था भने भने अर्कातिर नेपाली जनताले विकट जिल्लामा एउटा सिटामोलसमेत प्राप्त गर्न सक्ने अवस्था छैन । यस्तो विभेदको स्थिति अन्त्य गर्ने कसले ? देशमा कम्युनिष्ट पार्टीको दुईतिहाइ बहुमतको सरकार निर्माण भएको अवस्थामा नेपाली जनताले यो विभेदको अन्त्यको आशा गर्नु कुनै अपराध हो र ?

कम्युनिष्ट पार्टीको बहुमतको सरकारले राजतन्त्रकालको सरकार र नेपाली कांग्रेसको सरकारभन्दा फरक शासनको अनुभूति दिन नसक्ने दुर्भाग्यपूर्ण हो । वर्तमान सत्ता सञ्चालक दलका अध्यक्ष दुवैले आपूmहरू संसदीय परिपाटीभन्दा बाहिर नजाने बचनबद्धता बारम्बार व्यक्त गरिरहेको सुनिन्छ । संसदीय परिपाटी भनेको राजावादी र नेपाली कांग्रेसको निरन्तरता नै हो भने कम्युनिष्ट पार्टी भनेर नामांकरण गरी जनतालाई झुक्याउनुको कुनै अर्थ छैन । संसदीय परिपाटीमा पनि जनताको पक्षमा काम गर्न सकिन्छ भने यो परिपाटीको उपयोग आवश्यक हुन्छ । संसदीय व्यवस्थालाई जनअपेक्षित कार्यक्रमहरू लागू गर्न सकिने व्यवस्थाका रूपमा उपयोग गर्न सकिंदैन भने उचित निर्णय लिने उपयुक्त समय अहिलेकै अवस्था हो । कम्युनिष्ट पार्टीको बहुमतको सरकार बनेको बेला नेपाली जनताको जीवनस्तर माथि उठाउने कार्ययोजना दिन सकिदैन र राष्ट्रिय स्वाधीनताका लागि शीर ठाडो गराएर देशलाई आत्मनिर्भर मुलुकको रूपमा विकसित गराउन सकिंदैन भने संसदीय व्यवस्था जनताको लागि कामयाब छैन भन्ने निष्कर्षमा पुग्नु आवश्यक हुन्छ । यदि यी दुवै काम गर्न सकिदैन भने कम्युनिष्ट पार्टीको आवरण हटाउनु इमान्दारिता हुन्छ । कम्युनिष्ट पार्टीको आवरणमा रहेपछि कम्युनिष्ट आचरण देखाउन आवश्यक हुन्छ । आगे नेताजीहरूलाई चेतना भया !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here