नारायणकाजी भन्छन्ः कारिन्दा बनेर प्रवक्तामा बस्दिन

164

नेकपाका नेता नारायणकाजी श्रेष्ठले प्रवक्ता पद पार्टीको कारिन्दाको पद नभएको बताएका छन् । एपीवान एचडीको कार्यक्रम तमसोमा ज्योतिर्गमयसँगको अन्तर्वातामा उनले यस्तो धारणा राखेका हुन् । आफूलाई कसैले बाध्य पारेर नभइ र स्वेच्छाले प्रवक्ता पद पद त्याग गरेको पनि उनले स्पष्टिकरण दिएका छन् ।

‘पार्टीबाट राजीनामा दिएको होइन, यो प्रवक्ताको पद ठूलो पद पनि होइन । ७ गतेको हो घटना सचिवालय बैठकमा प्रवक्ताले कस्तो भूमिका खेल्ने कस्तो पार्टीले के लाइन लिने भन्नेमा छलफल भएको थियो’, उनले भने, ‘त्यही बैठका मैले राजीनामा दिएको हो । तर १० एउटा पत्रिकामार्फत् यो कुरा आएको हो ।’

बैठकमा डा. गोविन्द केसीको अनसन र आन्दोलनबारेमा पनि पार्टीमा छलफल भएको उनले बताए ।  ‘७ गते अगाडि नै पार्टीले उनको जीवन रक्षा गर्ने, पहिलो र दोस्रो वार्ताद्वारा नै समस्या समाधान गर्ने निर्णय गरिसकेको थियो’, उनले भने, ‘७ गतेको बैठकमा वार्ता कसरी गर्ने, कुन मुद्दामा गर्ने ? छलफ भएको हो । बैठकमा केसीको आन्दोलनलाई कसरी लिने ? भन्ने पनि कुरा भयो ।’

श्रेष्ठले बैठकमा सरकारलाई असफल बनाउन खोजिएको या केसीको आन्दोलन कसैद्वारा परिचालित हो भन्नेमा पनि छलफल भएको उनले खुलासा गरे । त्यसक्रममा उनले माथेमा कार्यदलको प्रतिवेदनमाथि पनि त्यही दिन छलफल भएको पनि उनले खुलाए । अन्नपूर्ण पोस्टबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here