कांग्रेसका शीर्ष नेताको बैठक

86

काठमाडौं–नेपाली कांग्रेसका शीर्ष नेताको बैठक शुरू  भएकाे छ । दिउँसो २ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा पदाधिकारी र पूर्व पदाधिकारी सहभागी हुने जनाइएकाे छ ।

 साे बैठकमा नयाँ सरकार निर्माणका विषयमा छलफल हुने कार्यक्रम रहेको एक नेताले जनाए ।  सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीमा पार्टीबाटऔपचारिक प्रस्ताव गरिने विषयमा समेत बैठकमा छलफल हुनेछ।  यसअघि देउवालाई प्रधानमन्त्री बनाउन पार्टीमा आन्तरिक सहमति बनेपनि औपचारिक निर्णय गरिएको थिएन।

 यसअघि आइतबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला गरेपछि पदाधिकारी बैठक बस्न लागेको हो। पौडेलले आफ्नै निवास बोहराटारमा आफूनिकट नेताहरूसँग छलफल गरेका थिए।   नयाँ समीकरण बनाएर सत्ता  सहकार्य गर्ने विषयमा कांग्रेस दुई समूहमा विभाजन भएको छ।

पौडेल पक्षले कांग्रेस अनिर्णीत बन्दा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको स्वेच्छाचारिता बढ्दै गएको बताएको छ। सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा अन्य दलसँग परामर्श गर्नुपर्ने पौडेल पक्षको धारणा छ।  तर, सभापति देउवा भने वैकल्पिक सरकार गठनका लागि परिस्थिति परिपक्व नबनेको भन्दै हतार गर्न नहुने पक्षमा छन्। जसपाभित्र विवाद बढेकाले पहिले उसको निर्णय पर्खिनुपर्ने देउवाको मत छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here