मधेशका वास्तविक दु:खप्रति मधेशवादी दल किन उदासीन ?

255

नेपालमा नयाा संविधान जारी गरेको एक वर्ष पुगेको छ । नयाा संविधानमा मधेशलाई उपेक्षा गरिएको भन्दै मधेशवादी दलहरूले सुरु गरेको आन्दोलन अहिले पनि रोकिएको छैन । मधेशको अधिकारका नाममा गरिएको आन्दोलनका क्रममा दर्जनाौ मधेशी जनताले ज्यान गुमाए भने कैयाौ अंगभंग हुनुका साथै ठूलो भौतिक सम्पत्तिसमेत नष्ट भएको छ । मधेश आन्दोलनकै नाममा सीमा केन्द्रित आन्दोलनलाई भारतले समर्थन गर्दा सम्पूर्ण नेपालीले झण्डै पााच महिना नाकाबन्दीको समस्या भोग्नुपर्‍यो । अहिलेसम्म पनि मधेशवादी दलहरू मधेशले अधिकार नपाएको भनेर बोल्न छोडेका छैनन् र आन्दोलनको चेतावनी दिादै आइरहेका छन् ।

मधेशवादी दलहरूले सीमांकनलगायतका विषयहरूलाई जोडेर मधेशी जनताको अधिकारको कुरा गरे पनि वास्तविक मधेशी जनताहरूको दु:ख, पीर र मर्का भने बेग्लै रहेको छ । मधेशमा भारतीय बााधका कारण प्रत्येक वर्ष ठूलो धनजनको क्षति हुने गरेको छ । यो विषय समाधानका लागि मधेशवादी दलहरू न त नेपाल सरकारसाग आग्रह वा पहल गर्छन्, न बााध निर्माण गरेर डुबानमा पार्दै आएको भारतीय पक्षसाग, त्यस्तै नेपाल–भारत खुल्ला सीमाको दुरूपयोग गर्दै भारतीय अपराधी तथा सीमा सुरक्षा बलका जवानहरूले पटक–पटक मधेशी जनतालाई कुटपिट तथा लुटमार गर्दै आएका छन् । मधेशमा व्याप्त दाइजो प्रथाका कारण गरिब किसानहरूको घरबार उठ्ने अवस्था छ भने दाइजो प्रथाकै विकृतिका कारण अघिकांश मधेशी युवतीहरू परिपक्व नहुादै विवाह गर्न बाध्य छन् । मधेशमा व्याप्त कुप्रथाका कारण गरिब किसानहरू र विशेष गरी पिछडिएका र दलितहरू समाजमा मानवीय ढंगले बााच्न सक्ने अवस्था छैन । विकासका पूर्वाधारले छुादा समेत अहिले पनि अधिकांश मधेशीहरू शिक्षा र चेतनाको अभावमा बााच्न बाध्य छन् । एउटा सामान्य नागरिकको रूपमा समेत बााच्न नपाएका आम मधेशी जनतालाई सीमांकनभन्दा ठूलो उनीहरूको तत्कालको समस्या हो । तर मधेशवादी दलहरू तथा तिनका नेताहरू भने यस्तो विकराल समस्यालाई नदेखेको जस्तै गर्दै मधेशी जनताको अधिकारको नाममा उनीहरूको भावनासाग मात्र खेलिरहेका छन् । मधेशमा दु:ख गरेर पुस्ताौदेखि बस्दै आएका वास्तविक मधेशीहरूलाई नयाा नागरिकका रूपमा भित्रिएकाहरूले अपमान गर्ने तथा उनीहरूको जग्गा जमिन हडप्ने प्रवृत्ति मौलाइरहेको छ । तर यस्ता विषयमा मधेशवादी दलहरूले एउटा शब्दसमेत बोलेको पाइादैन । अधिकारकै कुरा गर्ने हो भने मधेशभन्दा हिमाल र पहाड बढी चेपुवामा परेको छ । वल्लो गाउाबाट पल्लो गाउासम्म सकुशल पुगिने हो कि होइन भन्ने अवस्थाका हिमाल र पहाडका नागरिकलाई अधिकारसम्पन्न भन्दै कोकोहोलो मच्याउने मधेशीहरू तराईमा सम्भावना हुादाहुादै पनि नागरिकहरूलाई गुमराहमा पार्दै उनीहरूका वास्तविक समस्याहरूलाई भन्दा पनि आफ्नो फाइदाका लागि दुरूपयोग  गरिरहेका छन् । जुन प्रवृत्तिको जति आलोचना गरे पनि कमै हुन्छ ।

एउटा नागरिकलाई नागरिकसरह बााच्ने आधार तयार पार्न नसक्ने मधेशवादी दलका नेताहरूले कसैको इशारा वा संकेतका आधारमा मधेशले अधिकार पाएन भन्नु कत्ति पनि शोभनीय हुादैन । किनभने नेपालमा गणतन्त्र स्थापनापश्चात् मधेशले धेरै नागरिकलाई सत्ताको स्वाद चखाएको छ । तर सत्तामा पुग्दा आफौलाई आफौले मधेशको प्रतिनिधि भन्नेहरूबाट मधेशको फाइदा वा विकासका लागि वा मधेशी जनतालाई राहत मिल्ने कुनै पनि काम गरेको पाइादैन । यसरी सत्तामा पुग्नका लागि मधेशीलाई भर्‍याङ बनाएर आफ्नो स्वार्थ पूरा भएपछि फर्किएर समेत नहेर्ने मधेशी दल वा तिनका नेताहरू कसरी मधेशको अधिकारको वकालत गर्न योग्य हुन्छन् ? यदि मधेशी दलहरूमा अलिकति पनि नैतिकता छ भने पहिले मधेशी जनतालाई एउटा सचेत नागरिकका रूपमा जिउने वातावरण सिर्जना गरुन् । अनिमात्र अन्य अधिकारको कुरा गर्ने नैतिकता उनीहरूसाग रहनेछ । होइन भने मधेशको भावनासाग खेल्दै सत्ताको बार्गेनिङ गर्नेहरूले मधेशको अधिकारको कुरा गर्न सुहाउादैन । यसप्रति मधेशी दलहरू गम्भीर बन्न आवश्यक छ अर्थात् मधेशका वास्तविक समस्या समाधानका लागि मधेशवादी दलहरूले भूमिका खेल्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here