काठमाडौं/ नायिका रेखा थापाको मुख्य भूमिका रहेको चलचित्र ‘पलाास’को प्रदर्शन आगामी कात्तिक २६ गते हुने तय भएको जानकारी निर्माणपक्षले दिएको छ ।
यस चलचित्रमा रेखा थापाको भूमिकालाई अहिलेसम्म गोप्य राखिएको छ भने चलचित्रमा अयुव केसी र कामेश्वर चौरासिया पनि मुख्य भूमिकामा छन् । चलचित्रलाई कृषा चौलागाईंले निर्माण गरेकी हुन् । चलचित्रमा सुवास कोइरालाको निर्देशन छ ।
रेखा थापाको पछिल्लो चलचित्र ‘रामप्यारी’ पछि यो चलचित्र प्रदर्शन हुन लागेको हो । नायिका थापाले पछिल्लो समय आफ्नै ब्यानरबाट मात्र बनेको चलचित्रमा अभिनय गर्दै आएका थिइन् । तर यो चलचित्रमार्फत उनी अन्य ब्यानरमा बनेका चलचित्रहरूमा पनि देखिन लागेकी छिन् । रेखा थापाले हालै मात्र छुल्ठिम गुरुङको निर्माणमा बन्ने ‘डायरी’ नामक चलचित्रमा पनि अभिनय गर्ने घोषणा गरिएको छ ।



















