काठमाडौं – विश्व दुई सयभन्दा बढी देशमा कोरोना भाइरसका संक्रमित पत्ता लागिसकेका छन् । तर, सँसारमा यस्तो पनि देश छ जहाँ कोरोना संक्रमित नै छैनन् ।
अल्जजिराले १२ देशमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ । ती देशहरुमा किरीबाटी, माइक्रोनेसिया, उत्तर कोरिया, पलाउ, सामोआ, सोलोमन टापु, टोंगा, मार्सल टापु, नाउरो, तुर्किमिनिस्तान, भानुएटुमा, र तुभालु रहेका छन् ।


















