काठमाडौं । संसारभर ‘द हिमालयन हेन्ड्रिक्स’को उपनामले चर्चित अशेष डंगोलको नयाँ गीत “गाउँले गाउँले भरिएको यो हाम्रो देशगाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन” सम्पूर्ण सामाजिक सञ्जाल मार्फत सार्वजिनक गरिएको छ ।
नेपालीहरुको दोश्रो महान् पर्व तिहार (स्वन्ति नख.) नेपाल सम्बत न्हुदँ ११४७ को पावन अवसरमा उनले स्रोता दर्शक माझ ल्याएको हो ।
यस म्यूजिक भिडियोको गीतको शब्द, स्वर, संगीत, स्वयम् उनकै रहेको छ । उनले गीत मार्फत नेपाल गाउँनै गाउँले भरिएको हाम्रो देशमा कंक्रिट जंगल हुँदै शहरीकरणबाट गाउँको स्वरुपमा परिर्वतनसंगै मानवीय मूल्य मान्यता हराइरहेको प्रति तिखो व्यंग्य प्रहार गरेका छन् । उनले थप्दै भन्नु भयो नेपालको सामाजिक बस्तुपरि स्थितिको बारेमा गहिरो अध्ययन गरिसकेपछि लेखिएको गीत भएको जानकारी गराउनु भयो । करिब २५ बर्षको नेपालका विभिन्न गाउँ शहरहरुकाे गहिरो अध्ययन पश्चात यस म्यूजिक भिडियाे पूर्णता पाएको हो । जसमा अशेष डंगोल आफैले संकलन गरेका नेपालका विभिन्न ठाउँहरुको जीवन तथा भूगोलको तस्बिरहरु समावेश गरिएको छ ।
मुख्यतयाः जाजरकोट, लाङ्गटाङ्गको गटलाङ्ग, बीरगञ्जको बोदर साइड, खोकनाको १ अध्ययन, पनौती, भक्तपुर, काठमाडौं, राेल्वालिंगका तस्बिबिरहरु समेत समाेवश गरिएकाे छ ।
तलकाे लिंकमा गएर म्यूजिक भिडियाे हेर्न सकिन्छ :
https://www.facebook.com/share/v/1EW4w6YkdU/https://www.tiktok.com/@asheshdangol/video/7705395729132424461?is_from_webapp=1&sender_device=pc&web_id=7692023475086919169https://www.youtube.com/@Ashesh_Dangolhttps://www.instagram.com/ashesh_dangol


















