सटरको ताला फुटाएर चोरी गर्ने पक्राउ

395

काठमाडौं  / काठमाडौंको विभिन्न स्थानमा सटरको ताला फुटाएर चोरी गर्ने रामेछापको दोरम्बा गाउँपालिका – ४ स्थायी घर भएका सुदिप सुदिप तामाङ भनेर चिनिने गंगबहादुर मगरलाई कार्तिक २६ गते काठमाडौंको मछिन्द्रबहालबाट प्रहरीले  पक्राउ गरेको हो ।

ट्याक्सी चालक सुदिपले रातको समयमा फलामे रडले सटरको ताला फुटाएर चोरी गर्दै आएका थिए ।  उनले कार्तिक १० गते मखनमा रहेको मिनराज घिमिरेको कस्मेटीक पसलको टाला फुटाई १० लाख बराबरको सामान चोरेका थिए । त्यस्तै कार्तिक २६ गते बालकुमारीमा तीन वटा कस्मेटीक पसलबाट सामान चोरेका थिए ।

उनीमाथि ८ वटा भन्दा बढी सटर फुटाएको र ३० लाख भन्दा बढी रकमको सामान चोरी गरेको आरोप छ ।

कति रकम र सामान चोरी गरेको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here