६ वर्षको प्रेमपछि आज बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण विवाह बन्धनमा बाधिदैँछन् । भारतीय मिडियाका अनुसार, उनीहरु आज इटालीमा बिहे गर्न लागेका हुन् । दुईको विवाह इटालीको लेक कोमोस्थित कास्टा दिबा रिसोर्ट एन्ड स्पामा हुँदैछ । विवाहको सबै तयारी पुरा भएको जनाएको छ ।
विवाहपछि २१ नोभेम्बरमा बेंगलुरू र २८ नोभेम्बरमा मुम्बईमा दुईले विवाहको ग्रान्ड रिसेप्सन दिँदैछन् । विवाहको रिसेप्सन पार्टी कभर गर्नका लागि मिडियालाई विशेष इन्भिटेसन पठाइएको छ ।
दीपिका र रणवीरका परिवार पनि केही दिन अघि नै इटाली पुगिसकेका छन् । आज र भोली विवाह कार्यक्रम रहेको छ । थुप्रै भारतीय कलाकारहरु पनि उनहरुको बिहेमा सहभागि हुन मंगलबार इटाली पुगेका छन् ।
भारतीय समय अनुसार विवाहलाई शानदार बनाउनका लागि विवाह मण्डपलाई भव्य रुपमा सजाइएको छ । खासगरेर मण्डप दीपिकाको इच्छा अनुसार र उनको मनपर्दो फूलबाट सजाइएको छ । त्यसमा वाटर लिली फूलको बढी मात्रामा प्रयोग भएको जनाइएको छ ।
दीपिका–रणवीरको विवाह राति साढे ६ बजेदेखि साढे ९ बजेको बीचमा हुने छ । यो समय इटलीको विहानको समय हो । बिहेस्थलमा रणवीर प्लेनबाट जाने जनाएको छ । त्यसमा उनका आफन्तसँगै नजिकका साथीभाइ रहने जनाएको छ ।
जन्तिका लागि पञ्जावी र इटालिन खानाको व्यवस्था गरिएको छ । दीपिका र रणवीरले उपहार नलिने भएका छन् । उनीहरुले बिहे तथा रिसेप्सनमा आमन्त्रण गरेको पाहुनालाई कुनै चिज पनि उपहार नल्याउन आग्रह गरको छन् ।


















