एनआइबिएल सहभागिता फन्डको कारोबार सुरु

151

काठमाडौं /  आजबाट एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत एनआईबिएल एस क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही संचालित एनआईबिएल सहभागिता फण्ड, नामक खुलामुखी योजनाका इकाईहरु बाँडफाँड भएको ३ महिना पश्चात खरिद बिक्री सुरु हुने ब्यवस्था अनुसार कारोवार सुरु भएको छ ।

योजनाका इकाईहरु एनआईबिएल एस क्यापिटल लिमिटेडको मुख्य कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु बिराटनगर, बिरगञ्ज, लगनखेल, बुटवल, पोखरा तथा लालदरवार बाट र नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका शाखा कार्यालयहरु बिर्तामोड, लालवन्दी, बीरगञ्ज, सिपाडोल, नारायणगढ, हेटौंडा, नेपालगंज, तुलसिपुर, सुर्खेत तथा धनगढी बाट समेत खरिद बिक्री गर्न सकिने क्यापिटलले जनाएको छ ।

कारोवारको पहिलो दिन लगानीकर्ताहरुबाट बिभिन्न किसिमका जिज्ञासाहरु राख्नुका सथै ब्यवस्थित लगानी योजनाको बारेमा उत्साहपूर्वक जानकारी लिईएको र उक्त दिन २८०० इकाई बिक्री तथा १५०० इकाई पुर्नखरीद भएको जानकारी समेत योजना ब्यवस्थापकले दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here