विश्व मधुमेह दिवस, मधुमेहबारे जान्नै पर्ने कुरा

673

आज विश्व भरिका १० मध्य १ महिला मधुमेह को शिकार हुने गर्दछन् भनें हरेक ७ नवजात शिशुमध्य १ ग्यास्टेशनल डायबेटिज का साथ धर्तीमा आउने गर्दछन् । मधुमेह रोग तीव्र गतिमा विश्‍वभरि नै महामारीको रूपमा फैलिरहेको छ। मधुमेह विशेषगरि दुई प्रकारका हुन्छन्‌। पहिलो प्रकारको मधुमेह बाल्यकालदेखि नै लाग्छ र डाक्टरहरूलाई यसको रोकथाम कसरी गर्ने भनेर थाह नै हुँदैन ।

मधुमेहलाई अङ्ग्रेजीमा डायबिटिज, डायबिटिज मिलाइटस वा डायबिडिज मलाइटस ९अमेरिकामा० भनिन्छ भने नेपालीमा चिनीरोग भनेर पनि चिनिन्छ। मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगहरूलाई सामूहिक रूपमा अङ्ग्रेजीमा डायबिटिज मिलाइटस भन्ने गरिन्छ। डायवेटिज अर्थात मधूमेह, सुन्दा मधू अर्थात अमृत र महजस्तो सुनिएतापनि आजको विश्वमा मधूमेहले धेरै मानिसलाई सताएको छ ।

विश्व मधूमेह दिवस्, हरेक वर्षको नोभेम्वर १४ लाई विश्वभर विश्व मधूमेह दिवसकारुपमा मनाईने गरिन्छ । संसारभरिका १६० भन्दा वढी देशहरु, लाखौँ सस्थाँहरु, संयूक्त राष्ट्रसँघ सदस्यहरु, स्वास्थ्कर्मी अनि सेवाग्राहीहरुले मधूमेह दिवसलाई मधूमेहको विषयमा चेतना दिने हेतुले मनाउने गर्दछन् । नेपालमा भने शुरुशुरुमा मधुमेह अर्थात चिनीरोगलाई धनीहरुको रोगका रुपमा लिइन्थ्यो, थोरै शारीरीक व्यायाम अनि सम्भ्रान्त जीवनशैलीका कारण यसो भनिएको हुन सक्छ तर विस्तारै डायवेटिज अब हरेक उमेर, हैसियत र अवस्थाका मान्छेहरुमा देखापर्न थालेको छ । शरीरको रगतमा सुगरको मात्रा धेरै गराउने मेटाबोलिक रोगहरुलाई डायवेटिज अर्थात मधूमेह भनिन्छ । यस्तो हुनुमा शरीरमा पर्याप्त ईन्सुलिनको मात्रा उत्पादन नहुनु या शरीरका कोषले ईन्सुलिनप्रति उचित प्रतिक्रिया नदेखाउनु या दुबै कारण हुनसक्छ ।

मधुमेहका विशेष लक्षण नभए पनि केही अन्य लक्षणहरूले पनि यो रोग लागेको जनाउ दिन सक्छन्। आँखा धमिलो देख्ने, टाउको दुख्ने, थकाइ लाग्ने, काटेका घाऊहरू ढिलो निको हुने र छाला चिलाउने आदि यसका थप लक्षणहरू हुन्। यदि रगतमा ग्लुकोजको मात्रा लामो समयसम्म बढी भएमा आँखाको लेन्समा पनि ग्लुकोज जम्मा भएर यसको आकार बढ्न जान्छ र आँखाको दृष्टि परिवर्तन हुन्छ। मधुमेह लागेको बेलामा शरीरका केही विशेष भागमा खटिराहरू देखिन सक्छन्। यस्ता खटिराहरूलाई अङ्ग्रेजीमा डाइबिटिक डर्माड्रोम्स भनेर चिनिन्छ।

मधुमेहबाट बच्न तथा यसको उपचारको लागि स्वास्थ्यकर भोजन खाने, शारीरिक व्यायाम गर्ने, शरीरको तौल सामान्य राख्ने तथा सुर्तीजन्य पदार्थहरू नखाने गर्नु पर्छ। मधुमेहका रोगीहरूले रक्तचाप नियन्त्रणमा राख्नु तथा खुट्टाहरूको हेरविचार गर्नु आवश्यक हुन्छ।

मधुमेहको उपचार सम्भव छैन । यो रोगलागिसकेपछि रोगीको आयु बढाउने अर्थात् यो रोगको व्यवस्थापन गर्ने विकल्प मात्र बाकि रहन्छ । मधुमेहको व्यवस्थापन भनेकै रगतमा भएको चिनिको मात्रा घटाउनु हो र रक्तकोशमा क्षति पुराउने अन्य तत्वको निवारण गर्नु हो । जसको लागि निम्न उपाय अपनाउन सकिन्छः

१) इन्सुलिनको मात्रा यथावत राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अस्पतालमा उपचार गरी खोपमार्फत नियमित इन्सुलिन लिने
२) रक्तचाप नियन्त्रण गर्ने
३) खानामा विशेष ध्यान पुराउने , बढि कार्वोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने
४) धुम्रपान र मध्यपान त्याग्ने
५) बढि चिल्लो युक्त पदार्थको सेवन नगर्ने
६) सन्तुलित र नियमित भोजन लिने , नियमित व्यायाम गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here