भरूवा बन्दुक बरामद

69

रूकुम पूर्व । पुथाउत्तरगंगा गाउँपालिका-१३ लाप्चे भन्ने जंगलको ओढारबाट भरूवा बन्दुक १ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त जंगलको ओढारमा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रूकुमबाट खटिएको प्रहरीले बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here