आगामी आर्थिक वर्षको बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्नुपर्छ : प्रमुख महेश बर्तौल

32

काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्न लाग्नुपर्ने जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले सरकार बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्न लाग्ने बताएका हुन् । उनले बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्न सरकारले आफ्नो सामर्थ्य देखाउनुपर्ने  जनाए ।

प्रमुख सचेतक बर्तौलाले आएका सुझावलाई अब आर्थिक वर्ष २०८२-८३ को बजेट निर्माणका बेलामा समेटेर अगाडि बढ्ने बताए । बजेटमाथिको छलफलका क्रममा जे-जस्ता कुरा उठे पनि अब बजेट कार्यान्वयनमा सबै केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here