काभ्रेमा दिनप्रतिदिन आत्महत्याका घटना बढ्दै

214

काभ्रे  / काभ्रे जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको छ। बढ्दो आधुनिकीकरण सँगै व्यक्तिमा हुने सामाजिक आर्थिक,मानसिकलगायत विभिन्न समस्याका कारण आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेमा भने पछिल्लो तीन वर्षमा ३५१ जनाले आत्महत्या गरेका छन्। भने आर्थिक वर्ष २०७३ र ०७४ मा ९८ जनाले आत्महत्या गरेका छन्। २०७४/०७५ मा एक सय १६ जनाले झुण्डिएर, विष खाएर,डुवेर आत्महत्या गरेका एसपी रविराज खड्काले जानकारी दिए।

‘आत्महत्या गर्नेहरु अधिकास मानशिक तनाव, बेरोजगारि, अशिक्षा, गरिबी, प्रेममा असफलता, पारिवारीक झै-झगडाको प्रतिशोधका कारण आत्महत्या बढी हुने गरेको छ ।’ एसपी खड्काका अनुसार आत्महत्याको प्रमुख कारण कम उमेरमा विवाह गरेका कारण बेमेल हुनु, आर्थिक समस्या, पारिवारिक मनमुटाव र पछिल्लो समय वैदेशिक रोजगारी समेत आत्महत्याको प्रमुख कारण बनेको छ। आत्महत्या १८ देखि ३० वर्ष उमेर समूहका महिला पुरुष रहेका छन् जसमा बढी महिलाले आत्महत्या गरेको पाइएको छ।

अशिक्षा, गरिबी, बेरोजगारी, नैराश्यता, घरेलु हिँसा आत्महत्याका प्रमुख कारण बनेको सरोकारवाला जनाउँछन्। ‘पछिल्लो समय मानिसमा हुने जैविक, मनोसामाजिक र सामाजिक तनावका कारणले मानिसले आत्महत्या गर्ने गरेका छन्।’ धुलिखेल अस्पतालका मानसिक रोग विभागमा कार्यरत डा.अजय रिसालका भन्छन्, ‘विभिन्न परिवेशका कारण सृजना भएका समस्या, तत्कालको वातावरण र मनोविज्ञानमा आउने सोचाइ र परिवर्तनले गर्दा मानिसले आत्महत्या गर्ने गर्छन्।’

आत्महत्या गर्नुमा अधुनिकीकरण र वरपरको वातावरणले विशेष प्रभाव पार्ने उनले बताए।समाजमा पछिल्लो समय बढेको आधुनिकीरण र सोचाइले आत्महत्या बढ्दै गएको मनोचिकित्सक जनाउँछन्। ‘केही वर्ष पहिले आत्महत्या वा भवितव्यका कारण मृत्यु भए पिचाश बन्ने र पित्तृ नतर्ने भन्ने धार्मिक तथा सामाजिक मान्यताका कारण आत्महत्या गर्न डराउँथे तर अहिले त्यो सोचमा परिवर्तन भएको छ।’

सामाजिक मनोपरामर्शकर्ता उर्मीला श्रेष्ठ भन्छिन्, ‘बढ्दो आधुनिकीरणसँगै मानिसको इच्छा चाहना आवश्यकता परिपूर्ति गर्न नसक्नु, तनाव झेल्न नसक्ने, व्यक्तिमा डिप्रेसन र मानसिक रोगका कारण काभ्रेमा पछिल्लो समय आत्महत्याका घटना बढ्दै गएको छ।’अन्नपूर्ण पोष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here