चिसो मौषममा निमोनियाबाट कसरी बच्ने ?

293

न्युमोनिया बिभिन्न प्रकार का जीवाणुहरूको संक्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो। अङ्ग्रेजीमा Pneumonia भनिने यो रोगलाई उच्चारण भेदले गर्दा निमोनाया पनि भनिन्छ्रयसमा फोक्सोका कोषहरू सुन्निन्छन् अनि श्वासप्रश्वासमा बाधा पुग्दछ। केही भाइरसका प्रजातिहरूले कडा खालको न्युमोनिया गराउँदछन्।

जाडो समय बढे सँगै निमोनियाका बिरामीहरुको संख्या पनि बढ्ने गर्छ । निमोनियाको समयमा उपचार हुन नसक्दा धेरै मानिसको ज्यान पनि जाने गर्छ । निमोनिया भन्नाले फोक्शोमा हुने संक्रमणलाई बुजिन्छ । चिसोले यो समस्यालाई बढी सताउने गर्छ । यस समस्याले सताएपछि केहि नसोची यसलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने कुरा तिर लाग्नुपर्छ । जतिसक्दो समयमा नै उपचार गर्नुपर्छ ।

बिरामीको उमेर, रोग प्रतिरोधात्मक क्षमता र न्युमोनिया गराउने जीवाणु अनुसार लक्षणहरू फरक फरक हुन्छन्। व्याक्टेरियाले गर्ने न्युमोनियामध्ये पनि क्तचभउतय अयअअगक प्रजाति अति प्रमुख जीवाणु हो र यसले पहिले नै भाइरल इन्फेक्सन भइसकेको व्यक्तिलाई बढी सताउने गर्दछ। यसको इन्फेक्सन हुँदा बिरामीको शरीरको तापक्रम छोटो समयमा नै हृवात्तै बढ्छ। कहिलेकाँही ३९ दशमलव ५ डिग्री सेन्टिग्रेडसम्म पुग्छ। छाती एकदम दुख्छ र लगातार सुख्खा खोकी लाग्छ। केही घण्टामा नै बिरामी सिकस्त हुँदै जान्छ। केही दिनपछि खकार पहेलो आउन थाल्छ र पछि गएर खैरो रङको खकार आउन थाल्छ। सँगगँगै बिरामीको शरीरभरि डाबर आउन थाल्छ। बिरामीले छिटो-छिटो र छोटो छोटो सास फेर्न थाल्छ।

यस समस्याका रोकथामका उपायहरु यस्ता छन् :

बिरामीको अवस्थाअनुसार उपचार पद्धति फरक फरक हुन्छ। केहीलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ भने केहीलाई औषधि दिएर घर पठाउन सकिन्छ। अवस्था सामान्य भएकाहरूलाई भने घरमै सामान्य हेरविचार गरेर राख्न सकिन्छ। सास फेर्न कठिनाई भइरहेको छैन र बिरामीको खोकीका खैरो रङको खकार आइरहेको छ भने बिरामीले मास्क लगाउन जरूरी छ। त्यस्तै मुख र छालाको सरसफाइमा पनि ध्यान दिनुपर्छ। पर्याप्त पानी पिउनुपर्छ, ज्वरो र छातीको दुखाइका लागि औषधि लिनुपर्दछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here