काठमाडौ/ गत सेप्टेम्बर १८ मा भारत स्वशासित कश्मीरमा आतंकवादी हमलामा परी १९ जना भारतीय सेनाले ज्यान गुमाएपछि सुरु भएको भारत–पाकिस्तान विवाद उत्कर्षमा पुगिरहेका बेला भारतले पाकिस्तानमा हुन गइरहेको १९आौ सार्क शिखर सम्मेलन बहिस्कार गर्ने निर्णय गरेको छ । आगामी नोभेम्बर ९ र १० गते पाकिस्तानमा हुन लागेको सम्मेलनमा भारतले पाकिस्तानसागको सम्बन्धलाई कारण बनाउादै सम्मेलनमा सहभागिता नजनाउने घोषणा गरेको हो । भारतको निर्णयपश्चात अन्य सार्क सदस्य मुलुकहरू, भूटान, बंगलादेश, अफगानिस्तान तथा माल्दिभ्सले पनि सार्क शिखर सम्मेलनमा सहभागिता नजनाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । भारतसहितका अन्य कतिपय मुलुकले समेत सार्क शिखर सम्मेलनमा सहभागिता जनाउन अस्वीकार गरेपछि सार्कको भविष्य संकटमा परेको छ । यसअघि सन् २०१४ नोभेम्बर २६ र २७ मा १८आौ सम्मेलन नेपालमा भएको थियो ।
दक्षिण एशियाली मुलुकहरूमा क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने उद्देश्यले सन् १९८५ मा ढाकामा स्थापना भएको सार्क संगठन स्थापनाको तीन दशकभन्दा बढी समय पुगिसक्दा भारतकै स्वार्थका कारण प्रत्येक दुई वर्षमा हुने सार्क सम्मेलन धेरैपटक प्रभावित भएको छ । यसपटक पनि भारत र पाकिस्तानका बीचमा सम्बन्ध चिसिएपछि सार्क सम्मेलन प्रभावित मात्र नभएर सार्ककै भविष्य अन्योलमा परेको छ । यसको कारण हो भारतसहित भारतीय अनुकूलका अन्य सार्क मुलुकहरूले समेत सम्मेलनमा सहभागिताका लागि अस्वीकार गर्नु । सार्क स्थापनाको उद्देश्य क्षेत्रीय सहयोग कायम गर्ने भने पनि अधिकांश सार्क सम्मेलनमा भारतकै प्रभुत्व र प्रभाव हुने गरेको छ । यसअघि नेपालमा सम्पन्न सम्मेलनमा पनि कुनै महत्वपूर्ण एजेन्डामा छलफल हुनेभन्दा पनि भारतीय प्रभानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीचको कुराकानीमै मात्र केन्द्रित रहेकोमा यसपटक हुने भनिएको सार्क सम्मेलन ती दुई मुलुकको सम्बन्धको शिकार बन्न पुगेको छ ।
सार्क सम्मेलनमा धेरै आफ्नो प्रभुत्व कायम रहोस् भन्ने अपेक्षा राख्दै आएको भारतले यसअघि नेपालले सार्कमा चीनलाई पनि सहभागी गराउनुपर्ने प्रस्ताव राखेपछि उक्त प्रस्तावलाई सिधै अस्वीकार गर्दै नेपालसाग चिढिएको थियो । पछिल्लो समय पाकिस्तानले समेत चीनको सहभागितालाई जोड दिादै आएको छ । यसबाट आक्रोशित बनेको भारतले पाकिस्तानसागको सम्बन्धलाई कारण देखाउादै पाकिस्तानमा हुने सम्मेलनलाई असफल बनाउने प्रयासमा जुटेको देखिन्छ । पाकिस्तानमा चिनियाा प्रभाव बढ्दै गएको अनुमान गरेको भारतले आफूलाई शक्तिशाली देखाउनका लागि अमेरिकासाग रक्षा सम्झौता गरेको छ । उक्त सम्झौतापश्चात अमेरिकी सेनाले भारतीय सेनाको क्याम्प प्रयोग गर्न सक्नेछ । भारतलाई आफ्नो पोल्टामा पारेको अमेरिकाले शक्ति राष्ट्रका रूपमा उदाउादै गरेको चीनमाथि चौतर्फी घेराबन्दी गर्ने तथा हतोत्साही गराउने खेलमा लागिरहेको छ । त्यसका लागि उसले चीनसाग सम्बन्ध भएका मुलुकहरूमा समेत अस्थिरता र असहज वातावरण सृजना गर्न खोजिरहेको छ । त्यसका लागि चीनसागको सम्बन्ध विशेष बनाउादै लगेको पाकिस्तानलाई पनि एक्ल्याउनु उसको रणनीति हो । यही रणनीतिलाई मूर्तरूप दिन भारत प्रयोग भएको कतिपयले विश्लेषण गरेका छन् । भारत स्वंयले पनि सार्क सम्मेलनलाई भन्दा अन्य संगठन जस्तै बिमिस्टेकलाई बढी महत्व दिएको जनाएको छ । बिमिस्टेकमा पाकिस्तान बाहेकका अन्य सार्क मुलुकहरू सदस्य रहेका छन् । यसले पनि भारत अमेरिकाको स्वार्थ तथा आफ्नै आन्तरिक स्वार्थका कारण पनि पाकिस्तानलाई एक्ल्याउने रणनीतिमा रहेको छ ।
पाकिस्तानमा हुन लागेको १९आौ सार्क शिखर सम्मेलन भारतसहितका पााच मुलुकले बहिष्कार गर्ने निर्णय गरेपछि आयोजक मुलुक पाकिस्तान बाहेक श्रीलंका र नेपालले मात्र हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । तर भारतीय अधिकारीहरूले भने नेपालले पनि सार्क शिखर सम्मेलन बहिष्कार गर्ने दावी गरिरहेका छन् । जबकि नेपाल आफै सार्क संगठनको अध्यक्ष मुलुक हो । भारतीय अधिकारीहरूले भूटान र नेपाललाई एकै किसिमले तुलना गर्दै भारतले लिएको नीतिमा भूटान र नेपालले सहमति जनाउने तर्क गर्नुले भारत नेपाललाई पनि भूटानकै दृष्टिकोणले हेर्छ भन्ने पुष्टि हुन्छ । हालै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा गरेको सम्झौताको बुादा नं. ११ले नेपाललाई भूटानीकरणको बाटोमा लगेको आरोप लागिरहेका बेला भारतले भूटान र नेपाललाई एउटै वर्गमा राखेर हेर्नुले यस विषयलाई थप शंकास्पद बनाएको छ । तथापि एउटा स्वतन्त्र मुलुकका हैसियतले नेपालले सार्क सम्मेलनको पक्षमा अडान राख्नुपर्ने राजनीतिक विश्लेषकहरूको तर्क छ । नेपाल कसैको इशारामा चल्ने मुलुक होइन, यो स्वतन्त्र मुलुक हो भन्ने उदाहरण पेश गर्न र भारत भ्रमणपछि प्रधानमन्त्री प्रचण्डलाई लागिरहेको आरोपको खण्डन गर्नका लागि पनि यो उपयुक्त समय भएको कतिपयको विश्लेषण छ ।


















