काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक बिहीबार अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।
यसअघि मङ्गलवार र बुधवार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।
नेकपामा स्कुल विभागबारे टुङ्गो लगाउन नसक्दा बैठक पटक पटक सारिँदै आएको छ । उक्त विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, वेदुराम भुसालसहित आठ जनाको दावी छ ।


















