पाकिस्तानमा भारतीय चलचित्रलाई प्रतिबन्ध

132

काठमाडौं/ पछिल्लो समय भारत र पाकिस्तानबीच तनाव बढ्दै जाादा भारतीय चलचित्रहरूलाई पाकिस्तानमा प्रदर्शन गर्न रोक लगाइएको छ । पाकिस्तानको चलचित्र प्रदर्शन तथा वितरकहरूको संघले पाकिस्तानभरी भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेको हो ।

सोही निर्णयअनुसार हालै मात्र विश्वभर रिलिज भएको हिन्दी चलचित्र धोनी : द अनटोल्ड स्टोरीलाई पनि पाकिस्तानमा प्रदर्शन गर्न रोक लगाइएको छ । केही दिनयता काश्मिर सीमा क्षेत्रमा भारत र पाकिस्तानबीच बढ्दै गएको तनावका कारण भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

केही दिन पहिले भारतीय चलचित्र उत्पादकहरूको संघ (मोसन पिक्चर्स प्रोड्युसर्स एसोसिएसन अफ इन्डिया (आइएमपिपिए) ले पाकिस्तानी कलाकार तथा चलचित्र प्राविधिकहरूलाई भारतीय चलचित्र उद्योग (बलिउड) मा काम गर्न प्रतिबन्ध लगाएको थियो ।

आइएमपिधिएले गरेको निर्णयको जवाफमा पाकिस्तानी चलचित्र उद्योगका लगानीकर्ताहरूले पनि यस्तो अप्रिय निर्णय लिएको जनाइएको छ । दुई देशबीचको राजनीतिक सम्बन्ध सामान्य अवस्थामा नफर्कुन्जेलसम्म सबैखाले भारतीय चलचित्र प्रदर्शन तथा वितरण कार्य निलम्बनमा परेको हो ।

‘चलचित्र बजारको ख्यातिप्राप्त संगठन आइएमपिपिएले पाकिस्तानी कलाकार तथा चलचित्रकर्मीहरूले भारतमा कामै गर्न नपाउने गरी यस्तो प्रकारको निर्णय लिनु गहिरो चिन्ताको विषय हो’, पाकिस्तानी चलचित्र वितरक तथा प्रदर्शक समूहद्वारा प्रकाशित एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here