दलहरुको कमजोरीको फाइदा पूर्वराजालाई

147

राज्यलक्ष्मी शाक्य

गणतन्त्र स्थापना भएपछि मुलुक र जनताले ठूलो उपलब्धि हात पार्ने आश्वासनसहित राजतन्त्र अन्त्यका लागि आन्दोलन गरेका राजनीतिक दलहरुले पूर्वप्रतिबद्धताअनुसार काम गर्न नसकेपछि राजतन्त्र अन्त्य भएको १० वर्षको अवधिमा पुन: राजसंस्थाप्रतिको जनविश्वास ह्वात्तै बढ्न थालेको छ । राजसंस्थाका कारण मुलुक अघि बढ्न नसकेकोलगायतका आरोप लगाउादै राजतन्त्रका लागि आन्दोलनको वातावरण तयार पार्ने तथा जनतालाई सडकमा उतार्ने राजनीतिक दलहरुको व्यवहार निकै उद्दण्ड तथा नवराजाको जस्तो देखिन थालेपछि जनताहरुमा राजनीतिक दलहरुप्रतिको विश्वास विस्तारै कम हुन थालेको छ भने पूर्वराजा तथा राजसंस्थाप्रतिको मोह वृद्धि हुन थालेको छ ।

राजतन्त्र अन्त्यका बेला विभिन्न आरोप तथा शंकाको घेरामा परेका पूर्वराजा ज्ञानेन्द्र शाहले राजदरबार छोड्ने बेला कुनै अप्रिय निर्णय लिन्छन् कि भन्ने अनुमान गरिएको थियो । तर उनले सहजै दरबार छोडेर सर्वत्र रुपमा गरिएको आशंकालाई गलत साबित गरिदिए । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनापश्चात् मुलुकको कायापलट हुने राजनीतिक दलहरुका आश्वासनहरु विस्तारै गलत साबित हुादै गइरहेका छन् भने पूर्वराजामाथि लगाइएका कतिपय आरोपहरुसमेत गलत साबित हुादै गइरहेका छन् । बरु राजतन्त्रात्मक अवस्थामा भन्दा गणतन्त्र स्थापना भएपछि मुलुकको सार्वभौमसत्ता तथा स्वतन्त्रतामाथि निरन्तर प्रहार भइरहेको महसुस गर्न सकिने स्थिति रहेको छ । यसबाट दिक्क  भइरहेका नेपाली जनताको सद्भाव विस्तारै राजाप्रति बढ्न थालेको देखिन्छ । यसको उदाहरणका रुपमा पूर्वराजाले मुुलुकका विभिन्न भूभागमा भ्रमण गर्दा नागरिकहरुले देखाउने सद्भावलाई लिन सकिन्छ । कतिपय अवस्थामा त प्रमुख राजनीतिक दलका कार्यकर्ताहरुले समेत पूर्वराजाका पक्षमा नाराबाजी गर्ने तथा उनको समर्थन गर्नेलगायतका गतिविधिहरु समेत गरेको पाइन्छ । यसले पनि पूर्वराजाप्रतिको जनताको मोह बढेको देख्न र बुझ्न सकिन्छ ।

विभिन्न धार्मिक कार्यक्रम तथा मठमन्दिरहरुमा पूजाआजाका लागि पुग्ने पूर्वराजा राजतन्त्रका बेला राष्ट्रप्रमुखका रुपमा मन्दिरहरुमा उपस्थिति जनाउने गर्थे । गणतन्त्रको स्थापनापछि भने राजाको उपस्थिति हुने विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रममा राष्ट्रप्रमुखका रुपमा राष्ट्रपतिको उपस्थिति हुादै आइरहेको छ । तर पछिल्लो एउटा धार्मिक कार्यक्रममा भने राष्ट्रपतिको उपस्थिति हुनुपर्नेमा स्थानीयहरुले पूर्वराजालाई निमन्त्रणा गरे । टेकुको चर्चित पचली भैरव मन्दिरमा स्थानीयहरुले यसपटक पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराउने निर्णय गरे । राष्ट्रपति सहभागी हुने कार्यक्रममा पूर्वराजालाई सहभागी गराउने स्थानीयहरुको निर्णयले अब विस्तारै जनताहरुमा राजसंस्थाप्रतिको आस्था पुन: जाग्न थालेको संकेत गरिरहेको छ । यसै पनि पछिल्लो समय पूर्वराजा उपस्थित भएको ठाउामा जनलहर बढ्दै गएकोमा विभिन्न धार्मिक कार्यक्रममा सरकारी तहबाट राष्ट्र प्रमुखलाई सहभागी नगराएर राजालाई निमन्त्रणा गर्नु र भव्य स्वागत गर्नुले अब राजनीतिक दलहरुप्रतिको जनविश्वास विस्तारै डगमगाउन थालेको पुष्टि हुन्छ । यो स्थिति राजनीतिक अग्रगमनका लागि निश्चय पनि शुभ संकेत होइन ।

राजसंस्था ब्युाताउने विषयमा खुल्ला अभिव्यक्ति नदिए पनि जनताको चाहना भएमा कुनै पनि कुरा असम्भव नभएको भन्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान जारी गर्दा आफूलाई कुनै भूमिका नदिएकोमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् । त्यसमाथि पछिल्लो समय राजनीतिक दलहरुप्रति बढिरहेको जनताको असन्तुष्टिलाई समेत उनले नजिकबाट अध्ययन र अवलोकन गरिरहेका छन् । यस्तो समयमा जनताको समर्थन लिएर राजसंस्थाको पुनर्बहाली गराउन सकिने उनको मनसाय रहेको राजावादीहरुले नै स्वीकार गर्दै आएका छन् । यसरी दलहरुप्रतिको जनविश्वास गुमिरहेका बेला पूर्वराजाले जनताको मन जित्न खोजिरहेको उनका गतिविधिबाट पुष्टि हुादै गइरहेको छ । तर राजनीतिक दलहरु भने यस्तो विषयको नजरअन्दाज गर्दै जनताबाट थप अलोकप्रिय र घृणित बन्दै गइरहेका छन् । यसको प्रत्यक्ष फाइदा पूर्वराजालाई नै पुगिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here