संसद बैठक सुचारु गर्ने विषयमा छलफल हुने

25

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रमुख सत्ता घटक  दल नेकपा (एमाले) का अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संसद बैठक सुचारु गर्ने विषयमा छलफल गर्ने हुनुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे सभामुख घिमिरेले दुवै अध्यक्षहरुसँग छलफल गर्ने समय निर्धारण भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले बताउनुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी मुद्दामा छानविन गर्न संसदीय छानविन समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गर्दैआएको छ ।

सोही कारण काँग्रेस सभापति शेरबहादुर देउवालाई पनि बैठकमा आमन्त्रण गर्ने तयारी भएको अधिकारीले जानकारी दिनुभयो । संयुक्त बैठकबाट सदन सुचारु गर्ने वातावरण बन्ने विश्वास सभामुख घिमिरेको रहेको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here