सगुन महत
जीवन भनेको यस्तो एउटा जीउने कला रहेछ जसमा परिस्थिति अनुसार जुनसुकै समस्या, बाधा र पीडा संगै जुध्दै कहिले लड्दै त कहिले ठोकिँदै अगाडि बढ्नु पर्ने रहेछ । यस्तै परिस्थिति संगै जुध्दै अगाडि बढ्ने क्रममा एक दिन कामको शिलशिलामा एउटा विद्यालयमा काम गर्न पुगे । हुन त मलाई कहिल्यै शिक्षक पेशामा चाहना भएन तर समय र परिस्थितिले एक दिन म विद्यालयमा काम गर्न पुगे ।
विद्यालयमा काम गरी सकेपछि त्यही पेशा राम्रो लाग्न थाल्यो हिजोको दिनमा मलाई शिक्षक पेशामा रुची थिएन तर विस्तारै विद्यार्थीहरुलाई पढाउदै उनीहरुसंग घुलमिल भएपछि साहै राम्रो लाग्न थाल्यो । शिक्षक पेशामा आबद्ध भएर काम गर्न पाउँदा गर्व महसुस भयो । शिक्षा पेशा भनेको संसारमा सबै भन्दा उत्तम लाग्न थाल्यो ।
आज आएर मैले शिक्षण पेशालाई सम्मान गर्छु । किनकि यो पेशाले मलाई कसरी पढाउने भन्ने कुरा मात्र सिकाएन महत्वपूर्ण कुराहरु बालबालिकाहरुको त्यो निश्चन शुद्ध भावनालाई बुझ्न र उनीहरुसंगको जुन मेरो जीवनको अमूल्य पल बिताउन पाए। त्यही थाहा पाए कि बालबालिकाहरुलाई कसरी पढाउने ? हुन त म जुन स्कुलमा काम गर्थे त्यो प्राथमिक विद्यालय थियो । त्यहां बालबालिकाहरु नेपालको अध्ययन प्रणाली जस्तो घोकाएर, रटाएर जबरजस्ती किताब पढाउने भन्ने थिएन ।
बालबालिकाहरु जे सिक्छन् ? केवल गरेर सिकुन, खेलेर सिकुन न कि घोकेर रटेर । बालबालिकाहरुलाई कुनै पनि प्रकारको तनाव दिदैन थियो । पढ्नु परे पनि बुझाएर, सिकाएर मात्र पढ्न लेख्न लगाइन्थ्यो त्यो पनि बिना कुनै दवाव । त्यो वातावरण यति राम्रो थियो कि बालबालिकाहरुमा विस्तारै पूर्ण विश्वासका साथ बुझ्थे । बच्चाहरुको कलिलो, कोमल दिमाग तनाव, दवाव लिन नभई कुनै पनि कुरा स्वतन्त्र र खुल्ला रुपमा सिक्न बुझ्नको लागि थियो ।
त्यही बिच बालबालिकाहरु बारे धेरै कुरा बुझ्ने र जान्ने मौका पाए कि उनीहरु लाई तर्साएर, घोकाएर होइन कि स्वतन्त्रता अनि माया र असल कार्यहरु गराएर अगाडि बढाउन सकिन्छ । किनकि बच्चाहरु भनेकै सिक्न र जान्नकोलागि इच्छुक हुन्छन् । उनीहरुलाई बुझाउन हामीले धेरै दुःख गर्नु पर्दैन । उनीहरु स्वयं नै यति धेरै कुरा जान्न बुझ्न इच्छुक हुन्छ कि यदि उनीहरु तपाईसंग डराउदैनन् र साथी जस्तो व्यवहार गर्छन् भने तपाईले उनीहरुलाई सोध्नु पर्दैन । उनीहरु यति धेरै जिज्ञासु हुन्छन् कि उनीहरुको प्रश्नमा हामीहरुलाई उत्तर दिदा दिदा हैरानै हुन्छ तर समस्या के चाहि हुन्छ भने केही प्रश्न त उनीहरु यति धेरै सोध्छन् कि तपाई हैरानै हुनुहुन्छ एउटै उत्तर दिदा दिदा ।
हामी शिक्षकहरु के सोच्छौं भने हामीले उनीहरुलाई सिकाउनु पर्छ, बुझाउनु पर्छ त्यसैले उनीहरुलाई घोकाएर भएपनि जसरी भए पनि सिकाउन चाहान्छौं तर यति पनि हामीलाई थाहा हुदैन कि बच्चाहरु भनेको त खाली पन्ना जस्तै हो उनीहरु आफै भरिन चाहान्छन्, बुझ्न चाहान्छन् यति धेरै जिज्ञासु हुन्छन् कि यो के हो ? त्यो के हो ? यो कसरी भयो ? त्यो कसरी भयो किन भयो ? कहिले भयो ? आदि प्रश्नहरुसंग शिक्षकको रुपमा प्रस्तुत नभई साथीको र अभिभावक जस्तो हुनु पर्दछ । उनीहरुलाई खुल्ला एवम् स्वतन्त्रताका साथ मात्र राम्रो बाटो र वातावरणमा उभ्याइदिनु पर्छ जसमा मात्र हामीले गाइडको भूमिका निर्वाह गर्नुपर्छ जहां हामीले पढ्नदेखि लिएर जान्न बुझ्न आवश्यकता अनुसार हरेक किसिमले मद्दत गर्नुपर्छ ।
वालबालिकाहरु भनेका यस्तो स्वच्छ हृदय भएका हुन्छन् कि यदि हामी कुनै पनि पीडा तनावमा हुन्छौं भने पनि उनीहरु सामु गएपछि सबै पीडाहरु भुल्थ्यो साच्चै नै बच्चाहरु भनेको भगवानको रुप हुन् । उनीहरु वरिपरि वातावरणमा पनि यति धेरै शक्ति हुन्थ्यो कि म आफैलाई भुल्थ्यो अर्थात मेरा सबै पीडाहरु हराउथ्यो र आन्नद हुन्थ्यो यस्तै धेरै बच्चाहरुलाई अनुभव गर्ने क्रममा मैले यस्तो बच्चा लाई भेटे कि उ एकदमै माया लाग्दो थियो तर धेरै घमण्डी र जिद्दी पनि थियो । उसलाई उसको नामले बोलाउंदा पनि बोल्दैन थियो । लाग्थ्यो कि उ कतै कान त सुन्दैन तर फेरी संगीत बज्यो कि ऊ त्यस संगीत अनुसारको खेलाउना लिन्थ्यो र त्यो गीत गाउन कोसिस गरथ्यो मतलब ऊ कान सुन्छ तर बोलाउंदा कुनै पनि किसिमको प्रतिक्रिया दिर्दैनथ्यो । उसले कहिले पनि आँखा जुधाएर अरु संग कुराकानी गर्दैन्थ्यो । अर्थात अरु बच्चाहरुको जस्तो गफ गर्दैन्थ्यो उसको व्यवहार अरु बच्चाको भन्दा फरक थियो जुन कुरा उसको आमालाई भनेर उहांले जचाउनु भएछ र उसलाई थेरापीमा लान थाल्नु भयो ।
जुन माथिको लक्षणहरु भनको अटिजमको लक्षणहरु अन्तर्गत पर्छ हो यस्तो बच्चाहरुको पहिचान गरी उनीहको अवस्थामा सुधार ल्याउन सकिन्छ जुन चिकित्सको सल्लाह र सुझाव बमोजिम उपचार गरिन्छ यस्ता बच्चाहरु हामीबीच हुन सक्छन् जसलाई जान्न र बुझ्न जरुरी छ ताकि उनीहरुको जीवन र व्यवहारमा सुधार ल्याई उनीहरुको जीउनलाई सुन्दर बनाउन राज्य स्यंमले जिम्मेवारी लिनुपर्छ ।
अटिजमको लक्षण नेपालमा मात्र छैन विश्वका अन्य देशहरुमा पनि यो लक्षणले बालबालिकामा देखिएको छ जसले गर्दा ति अटिजम भएका बालबालिकाका परिवार पनि आफ्नो सन्तानको यस्तो प्रकारको लक्षण देखे पछि चिन्तीत हुनु स्भाविक हो तर त्यसलाई निको पार्न सक्दैनन् । यस तर्फ सम्बन्धीत निकायको ध्यान जान आवश्यक छ ।


















