विभिन्न डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे एन आई सीएशिया बैंक लिमिटेडले नेपालमा विभिन्न शहरी, ग्रामीण तथा दुर्गम जिल्लाहरुमा आफ्नो भौतिक उपस्थितिलाई अग्रसर गर्दै सोहि क्रमलाई निरन्तरता दिन २०७५ श्रावण १ गतेबाट बैंकले मिस्ड कल बैंकिङ्ग सेवा (Missed Call Banking Service ) संचालनमा ल्याएको छ ।
यो सेवा सञ्चालन भएसँगै अब बैंकका ग्राहकहरुले मिस्ड कल गरेर मिस्ड कल बैंकिङ्ग सेवा (Missed Call Banking Service ) प्राप्त गरेर सेवा लिन सक्नुहुनेछ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब ११ लाख ७५ हजार रहेको मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन एन आई सीएशिया बैंक लिमिटेड सफल भएको छ ।
१) ब्यालेन्स जानकारी : मोबाईल नं– ९८०१२२७७३३ मा मिस्ड कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएस मार्फत प्राप्त गर्न सकिने ।
२) मिनी स्टेटमेन्ट जानकारी : मोबाईल नं– ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोवारको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सकिने ।
३) कल ब्याक सेवा : मोबाईलनं–९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका सम्बन्धित कर्मचारीबाट कलब्याक मार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।
हरेक सम्भावित बजार क्षेत्रमा बैंकले आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि बढाएको छ ।

















