काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै देशभरका जिल्लामा आफ्ना नेताहरूलाई जिम्मेवारी तोकेको छ।
रास्वपाले २०-२७ असोजसम्म एक साताका लागि विभिन्न जिल्लामा नेताहरू खटाउने भएको हो।
रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार यसपटक रास्वपाले नागरिकका कुरा सुन्न मात्र होइन पार्टीको कुरा पनि सुनाउन खोजेको छ ।
पहिलो : स्थानीय तहको कामकारबाही र आगामी चुनावमा उठाउने उम्मेदवार छनोटको विधि बुझाउने ।
दोस्रो : वर्तमान सरकार गठन भएपछिको ६ महिनामा संसद र सरकारमार्फत भएका पहलबारे जानकारी गराउने ।
नागरिकको दैनिकी र विकाससँग सबैभन्दा नजिकबाट जोडिने संयन्त्र स्थानीय सरकार हो । यसकारण स्थानीय तहको स्थानीय नेतृत्व छनोटको लोकतान्त्रिक विधि के हो भनेर बुझाउन खोजिएको छ ।
सरकारले गरेका कामको प्रचार गरिने
यसका साथै, वर्तमान सरकार गठन भएको करिब ६ महिना पूरा भएको छ । यस अवधिमा संसद् र सरकारमार्फत के कस्ता नीतिगत पहलहरु भए ? नागरिकसँग गरेका बाचाहरूको कार्यान्वयनको अवस्था कस्तो रह्यो र आगामी दिनमा हाम्रा योजनाहरू के छन् भन्ने विषयको विस्तृत र पारदर्शी जानकारी लिएर अभियानमा जान लागेको रास्वपाले जनाएको छ ।
‘अभियान अन्तर्गत हाम्रा सांसद तथा केन्द्रीय सदस्यहरु ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा यही असोज २० गतेदेखि पुग्दै हुनुहुन्छ,’ उनले भनेकी छन्, ‘यो अभियान केवल चुनावको तयारी मात्रै होइन । स्थानीय सरकारलाई अझ बढी जवाफदेही बनाउने र नागरिककै सहभागितामा सही नेतृत्व स्थापित गर्ने एउटा महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यास पनि हो ।’
हेर्नुहोस् सूची :


















