काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका नायब सुब्बा घुससहित पक्राउ परेका छन् ।
नायव सुब्बा कुमारबहादुर राजभण्डारीको कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । ललितपुर मालपोत कार्यालयका नायव सुब्बा कुमारबहादुर राजभण्डारी र बिचौलिया बाबुराजा शाक्यले जग्गा हालसाविक गर्ने प्रयोजनको लागि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले निजहरूलाई सेवाग्राहीसँग रू छ हजार घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।


















