कोही नचिन्ने अक्सर डाडा पाखा छाउँछ
घरिघरि बहानाबाजी गर्दै मेरै बाटो धाउँछ
मेरो जवानीको रङ्ग फेरे संगै केभाको के
आजकल मेरा यी दर्पणले नि जिस्क्याउँछ
घैला च्याप्दै कखरा बिराउदा आगनिमा
बिहानिको सिरेटोमा कोकिललेनि फकाउँछ
जोसंग एक नजर जुदेको छैन जिन्दगीमा
अक्सर मिठो याद पनि उसै को आउँछ
कोही नचिन्ने अक्सर डाडा पाखा छाउँछ
घरिघरि बहानाबाजी गर्दै मेरै बाटो धाउँछ
प्रशान्त डंगाेल, टाेखा


















