नेपाः माया म्ह्याय् मचा म्यूजिक भिडियाे सार्वजनिक

81

काठमाडौं । नारीहरुलाई समान शिक्षा र अवसर दिएमा पुरुष हरेक कुरामा सक्षम छ भन्ने कुरा प्रस्तुत गरिएको नेपाः माया म्ह्याय् मचा सार्वजनिक भएको छ ।

स्वर समीप म्यूजिक एकेडेमीको आयोजनामा नेपालभाषाको राष्ट्रिय भावना जागृत  म्यूजिक भिडियो कीर्तिपुर सिनेप्लेक्समा आइतबार सार्वजनिक भएकाे कार्यक्रमका प्रमुख अतिथि संस्कृतिबिद् प्रयागमान प्रधानले ‘नेपाः माया म्ह्याय् मचा म्यूजिक भिडियो मार्फत राष्ट्रिय भक्तिका साथै नेवाः पहिचान, संस्कृति, पुर्खाको सीप प्रस्तुत गरिएकाे सुन्दर पक्ष रहेको धारणा राखे ।

गीतका रचनाकार लोककवि राजभाई जकःमिले ‘विज्ञानको आँखा खोलेर नयाँ युगमा अघि बढ्नु पर्ने सन्देश’ दिइएको जनाउँदै गीत खाली गीतका लागि मात्र नभई गीतले देश, समाज चलाइरहेको धारणा राखे ।

अहिले बिदेश पलायन भइरहेको बढ्दोक्रमलाई चिर्दै  स्वदेशमै पसिना बगाएर देशविकाास विकास गर्नुपर्ने सन्देश दिइएको यस म्यूजिक भिडियोमा जुगोल डंगोलकाे  संगीत संयाेजन रहेकाे  संगीतकार गुजे मालाकारले संगीत भरेका छन् ।

अधिकांश छायांकन कीर्तिपुरको चिलंचोमा गरिएको यस म्यूजिक भिडियोले हाम्रा पुर्खाको आर्दश नभुलि देशप्रति सधैं इमान्दार, स्वाभिमानी रहि युग सुहाउँदो प्रगतिको पथमा सम्पुर्ण नेपालीहरु अगाडि बढ्नुपर्ने शिक्षा दिइएको छ ।

कोमल शोभा म्यूजिक यूट्युब च्याइनबाट सार्वजनिक गरिएकाे यस म्यूजिक भिडियोमा प्रमुख कलाकारहरूमा गायिका डा. मोहन शोभा महर्जन, रफेला महर्जन, प्रसिद्धि महर्जन रहेकाे छन् । भने  पलिस्था महर्जन, जोया महर्जन, राइसा महर्जन सुजिता बोहराको नाचेर अभिनय प्रस्तुत गरेका छन् । यसका अलावा गायिका डा. माेहन शाेभा महर्जनकी ममतामयी माता मोहन माया महर्जन, चौथी महर्जन, प्रमिला महर्जन,  दुर्गा महर्जनकाे समेत सुन्दर अभिनय रहेको छ ।

नेपालभाषाको चर्चित मनोरञ्जन  ‘पेज थ्री’  पत्रिकाका सम्पादक दर्शनवीर शाक्यले  ‘नेपाः मांया म्ह्याय् मचा म्यूजिक भिडियाे अन्य म्यूजिक भिडियाे भन्दा पृथक रहेको जनाउँदै हाम्रो परिवेश समावेश गरिएकाे राम्राे पक्ष रहेकाे छ । उनले  यस म्यूजिक भिडियाेकाे संगीत कर्ण प्रिय रहेको जनाए । उनले थप्दै तडक, भदक तथा मायाप्रेमको गीत भन्दा देशभक्ति भावना रहेको समीक्षा गरे ।

कार्यक्रममा नेपाः मांया म्ह्याय् मचा  म्यूजिक भिडियो बनाउनमा  सहयोगी हातहरूलाई मायाको चिनो समेत प्रदान गरिएको कार्यक्रमको सञ्चालक गायिका दिपा महर्जनले कार्यक्रम सञ्चालन गरिएको थियो । यस म्यूजिक भिडियोको चर्चित कलाकार लक्ष्मीकुमार महर्जनले निर्देशन गरिएको थियो ।

तलको लिंकमा क्लिक गरेर हेर्न सकिन्छ :

्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here