काठमाडौं । जापान सरकारले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप दिने भएको छ ।
नेपालस्थित जापनी दूतावासद्वार विज्ञप्तिमर्फत साे कुराकाे जानकारी गराइएकाे हाे । प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारीबाट मुक्त हुनु अघि देशबासीका नाममा सम्बाेधन गर्नु हुँदै जापानले उक्त खोप उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभएकाे छ ।
उपलव्ध गराइने खोप सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डकाे पहिलाे मात्र लगाएका नागरिकलाई लगाउन उपयुक्त हुने छ । उक्त अस्ट्राजेनेका खोप प्राप्त भएसँगै दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ज्येष्ठ नागरिकले लगाउन पाउने छन् ।

















