नेपालमा अहिलेसम्म ९४.५० प्रतिशत काेराेना सङ्क्रमणमुक्त

65

काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार ६३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको सात हजार ५८ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, तीन हजार ९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १२ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार चार सय १२ जनाको मृत्यु भैसकेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ७८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.५० प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here