काठमाडाैं । केपी ओली सरकारबाट बाहिरिएकै दिन नेकपा एमालेको भातृ संगठन युवा संघले युथ फोर्स गठन गरेको छ ।
सोमबार काठमाडौमा बसेको युवा संघको बैठकले युथ फोर्सको गठन गरेको हो ।
नेकपा एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि युथ फोर्सलाई ब्युँताएको नेकपा एमालेका नेता तथा युवा संघ नेपालका ईन्चार्ज महेश बस्नेतले जनाए ।
उनले भने, ‘युथ फोर्स फेरि जन्मिएको छ । युथ फोर्स सिरानमुनी राखिएको खुकुरी जस्तै हो किसानको घरको । र अप्ठ्यारो पर्यो भने संकट पर्यो भने यसलाई फेरि निकालिनेछ भनेर हामीले भनेका छौ । युथ फोर्स अहिले जन्मिएको छ । यसले नेकपा एमालेको सिद्धान्त विचारको रक्षा गर्ने छ । जनताको बहुदलिय जनवादको प्रयोग गर्ने सन्र्दभमा , यसलाई रक्षा गर्ने सन्र्दभमा र यसलाई विस्तार गर्ने सन्र्दभमा यसले महत्वपुर्ण भूमिका खेल्ने छ । यसले आवाज विहिनहरुको आवाज उठाउन भूमिका खेल्ने छ ।’


















