महान्यायाधिवक्ता बडालद्वारा राजीनामा

93

काठमाडौं । सरकारका कानूनी सल्लाहकार रमेश बडालले  पदबाट राजीनामा दिएका छन् ।

सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुन भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज पदबाट राजीनामा बुझाउनुभएको हो ।

बडालले भने, “मैले पदबाट राजीनामा दिएँ, प्रधानमन्त्रीलाई मैले राजीनामा बुझाएँ ।”

सरकारको कानूनी सल्लाहकारका रुपमा गत चैत ८ गते नियुक्त भई उहाँले तीन महिना २१ दिन काम गर्नुभयो ।

सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here