२४ घण्टाभित्र त्रिभुवन विमानस्थल बन्द गर्नु आवश्यक : कँडेल

191

काठमाडौं – पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले अबको २४ घण्टाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नको लागि सरकारलाई सुझाव दिएका छन् । कोरोना भाईरसको संक्रमण संसारभरि फैलिएको र सबै राष्ट्रले आ–आफ्नो पूर्व तयारी गरिसकेकोले नेपालले पनि कोरोना नेपाल भित्रिन नदिनको लागि सबैभन्दा पहिलो काम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपर्ने रहेको उनले सुझाव दिएका छन् । उनले भने ,‘यदि नेपालमा कोरोना भाईरस भित्रियो भने यसमा सबैभन्दा ठूलो दोष सरकारको हुनेछ, त्यसमा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको हुनेछ ।’

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर कँडेलले यस्तो सुझाव दिएका हुन् । सरकार आफ्नो नागरिकप्रति जिम्मेवार भए उसले सबैभन्दा पहिले कोरोनाको संक्रमण हुनबाट देश र जनतालाई जोगाउनुपर्ने पनि उनको तर्क छ । चीनबाट सुरु भएको कोरोनाको महामारी अहिले कति राष्ट्रमा पुग्यो रु भनेर चर्चा तथा परिचर्चा गर्नुभन्दापनि नेपालले आफ्नो पूर्वतयारी गर्नुपर्ने उनको भनाई छ । उनले भने,‘हामी कसरी यसको संक्रमणबाट जोगिने भन्नेतर्फ लाग्नुपर्छ । यसको लागि सबैभन्दा ठूलो दायित्व र जिम्मेवारी भनेको सरकारको हो ।’

उनले नेपाल सरकारले आफू विश्वकै शक्तिशाली र कोरोना नेपाल भित्रिन दिन्न भनेर नेपाली जनतासामू आश्वस्त पार्न सके विमानस्थल सुचारु गर्न सक्ने भएपनि आफूले भने त्यो सम्भावना नदेखेकोले अविलम्ब विमास्थल बन्द गराउन सुझाव दिएको स्पष्ट पार्दै भने, ‘नेपालमा अहिले कोरोनाबारे सेकेण्ड सेकेण्डमा आईरहेका समाचारले जनता आतंकित छन् । कि त सरकारले ती समाचारहरु बन्द गराउन सक्नुपर्यो । होईन भने यसरी आफ्ना नागरिकलाई आतंक, डर, त्रास र भयमा राख्नुहुँदैन् । सरकारले बेलैमा यसप्रति सोचोस् । समय धेरै नै ढिला भैसकेको छ ।’

उनले कोरोना भाईरसको संक्रमण यो आफैंमा न्याचुरल कालामिटजजस्तो भएपनि यसबाट जोगिन र राष्ट्रमा पर्नसक्ने प्रभावबाट बच्नको लागि सरकारले आफ्नो तयारी र सचेतना कार्यक्रमको प्रभावकारिता देखाईसक्नुपर्ने थियो भन्ने तर्क गरे । उनले भने,‘अरु देशले त अन्तर्राष्ट्रिय उडान सेवा बन्द नगरेपनि नेपालले चाहीँ गरिसक्नुपर्दथ्यो, तर अहिलेसम्म गरेन् । बरु, अरु देशले विदेशी राष्ट्रसँगको सम्पर्क टुटाएका खबर दिनदिनै आईरहेका छन् । आजमात्रै पनि कतारले नेपाललगायत १४ राष्ट्रलाई प्रतिबन्ध गरेको छ । यसबाट नेपालले केही सिक्नुपर्दैन् रु’ उनले आफूले कोरोना नेपाल नआओस भन्ने कामना गरेको सुनाउँदै यदि नेपाल भित्रियो भने त्यसको मुख्य जिम्मेवारी पर्यटमन्त्री योगेश भट्टराईले लिनुपर्ने पनि स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here