कलंकी-कोटेश्वरमा नासपतीको विरुवा रोप्दै प्रधानमन्त्रीले गरे वृक्षारोपण अभियानको शुभारम्भ

141

काठमाडौं- राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकी कोटेश्वर सडक खण्डमा रुखको विरुवा रोपेका छन् ।

वन तथा वातावरण मन्त्रालयले शनिबार बिहान आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नासपतिको विरुवा रोप्दै कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

वृक्षारोपण कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, वन मन्त्री शक्ति बस्नेत, गृहमन्त्री रामबहादुर थापा, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, कानुन मन्त्री भानुभक्त ढकाललगायतको उपस्थिति रहेको थियो ।

वृक्षारोपण कार्यक्रममा विभिन्न संघसंस्थाहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here