सपथ लिएका विभिन्न संवैधानिक निकायका पदाधिकारी यी हुन् (सूचीसहित)

106

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले आज, बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छन्। उनीहरूले बुधबार नै पद तथा गोपनियताको सपथ लिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको विभिन्न धारा बमोजिम संवैधानिक परिषद्को सिफारिसमा संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको आज नियुक्ति गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताएका छन्।

आजै, राष्ट्रपति भण्डारीको उपस्थितिमा संवैधानिक निकायमा प्रमुख र अध्यक्षलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सपथ गराए। त्यसपछि, सम्बन्धित निकायका प्रमुख र अध्यक्षले आयुक्त र सदस्यहरूलाई सपथ गराएका थिए।

सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङलगायत सहभागी भएका थिए।

तर, सभामुख अग्निप्रसाद सापकोटा भने सपथ समारोहमा सहभागी भएनन्। सभामुख सापकोटा नियुक्ति सिफारिसको निर्णय गरिएको मंसिर ३० गतेको बैठकमा पनि अनुपस्थित थिए। केही दिनअघि सभामुख अग्निप्रसाद सापकोटाले सिफारिस पत्र सक्कलै फिर्ता गरिदिएका थिए। सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन पनि अनुपस्थित थिए।

मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न निकायमा ३८ जनाको सिफारिस गरेको थियो। सोही दिन अध्यादेश जारी गरी नियुक्तिका लागि सिफारिस गरेको थियो।

सरकारले उनीहरुको संसदीय सुनुवाइका लागि पुस ५ गते संसद सचिवालयमा विवरण पठाएको थियो। तर, सोही दिन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। मंगलबार ४५ दिन पुगेपछि नियमावली अनुसार उनीहरूलाई संसदीय सुनुवाइबिनै बुधबार नियुक्त गरिएको हो।

यी हुन् बुधबार सपथ लिएका पदाधिकारीहरू :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here