फ्रान्सलाई हराउँदै अमेरिका महिला विश्वकपको सेमिफाइनलमा

200

एजेन्सी- अमेरिका फ्रान्समा जारी महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान भएको खेलमा आयोजक फ्रान्सलाई २–१ गोलले हराउँदै अमेरिका सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा अमेरिकाले इङल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

निकै प्रतिस्पर्धात्मक खेलमा अमेरिकाको जितमा दुवै गोल मेगन रापिनोइले गरिन् । फ्रान्सकी वेन्डी रिनार्डले एक गोल फर्काइन् ।

पाँचौ मिनेटमा मेगनको गोलबाट अमेरिकाले अग्रता लिएको थियो । मेगनले ६५औं मिनेटमा दोस्रो गोल गरेकी थिईन् ।

त्यसपछि ८१औं मिनेटमा वेन्डी रिनार्डले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरिन् । त्यसपछि दुवै टोलीबाट गोल नहुँदा अमेरिका विजयी भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here