नेवार युवतीहरुको क्षमता अभिवृद्धि तथा अभिव्यक्त गराउन विभिन्न किसिमका इभेन्टहरु आयोजना गर्दै आएकी हेमा मानन्धर इभेन्ट म्यानेजरका रुपमा स्थापित र चर्चित नाम हो । नेपाली फेसन होमकी अध्यक्ष समेत रहेकी हेमा व्यवसायमा जति सक्रिय छिन्, त्यति नै सक्रिय राजनीति र समाजसेवामा पनि छिन् । लायन्स क्लबको महत्वपूर्ण जिम्मेवारीमा समेत रहेकी उनी नेपाली कांग्रेसको भातृ संगठन महिला संघकी केन्द्रीय प्रतिनिधि पनि हुन् । विगत लामो समयदेखि लिटल नेवा, मिस नेवालगायतका नेवार युवतीहरुको सौन्दर्य प्रदर्शनसम्बन्धी कार्यक्रमहरु आयोजना गर्दै आएकी उनले ती कार्यक्रमहरुमार्फत संकलन भएको रकममध्येको ७५ प्रतिशतसम्म रकम ग्रामीण क्षेत्रमा अध्ययन गर्ने न्यून आर्थिक अवस्था भएका बालबालिकाहरुको शैक्षिक सामग्रीहरु जस्तै: किताब, कापी, कलम तथा स्कुल ड्रेसलगायतमा खर्चिंदै आएको जनाउाछिन् । हेमा भन्छिन्, ‘सामान्यतया एउटा परिवारमा एक जना शिक्षित हुनुपर्छ भन्ने आम मान्यता रहेको छ । तर म चाहन्छु हरेक परिवारमा सबै जना शिक्षित हुनुपर्छ । यही सोचका कारण शिक्षा क्षेत्रमा योगदान गर्न सकाौ भनेर शिक्षा क्षेत्रमा केही सहयोग गर्ने प्रयास गरिरहेकी छु ।’
हाल दोलखा, सिन्धुपाल्चोकलगायतका ग्रामीण क्षेत्रमा शिक्षालाई केन्द्रित गरी सहयोग गरिरहेको जनाउने उनले विभिन्न विद्यालयहरुमा पुस्तकालय सञ्चालनका लागि पनि सहयोग गरिरहेको जनाइन् ।
दोलखा जिल्लाको दोलखा बजारमा जन्मिएकी हेमाका बाबु व्यापार व्यवसायमा संलग्न थिए । व्यापारको सिलसिलामा बाबु काठमाडौं आएपछि हेमा पनि परिवारसागै सानै उमेरमा काठमाडौं आइन् । काठमाडौंको कन्या क्याम्पसबाट स्कुल तहको अध्ययन सकेपछि उनले पद्मकन्या क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरिन् । नेवार परिवारमा जन्मिएकी मानन्धरलाई आफ्नो भाषा र संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने सानैदेखि लागेको थियो । तर विडम्बना उनको घरमा समेत नेवारी भाषा बोलिादैन थियो । आफ्नो संस्कृतिप्रतिको चासोका कारण हेमालाई भाषा संस्कृतिको प्रवद्र्धन गर्नुपर्छ भन्ने लाग्यो । यही सोचका कारण उनले नेवार युवायुवतीहरुलाई लक्षित गर्दै विभिन्न किसिमका सांस्कृतिक प्रवद्र्धनसम्बन्धी कार्यक्रमहरु गर्न थालिन्, यसले उनलाई सफल इभेन्ट म्यानेजर बन्न सहयोग गर्यो ।
दर्जनाौ संघसंस्थामा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेकी हेमा आफ्नो कामसागै राजनीतिमा पनि उत्तिकै सक्रिय रहन्छिन् । यस विषयमा उनीसाग समयको व्यवस्थापन कसरी गर्नुहुन्छ भन्ने प्रश्न राख्दा उनले मानिससाग समयको अभाव कहिल्यै नहुने बरु त्यसको सही व्यवस्थापन गर्न नसक्दा मानिसहरु व्यस्त जस्तै देखिने जनाइन् । उनी भन्छिन्, ‘हामीसाग समयको अभाव कहिल्यै हुादैन । अभाव छ भने त्यो केवल समय व्यवस्थापनको मात्र हो ।’ उनले आफू राजनीतिप्रति आशावादी भएकै कारण राजनीतिमा सक्रिय भएको जनाइन् । युवापुस्ताहरुको राजनीतिप्रतिको वितृष्णाप्रति कटाक्ष गर्दै हेमा भन्छिन्, ‘परिवर्तनका लागि आफौ सक्रिय हुनुपर्छ, आफू राजनीतिबाट टाढा भाग्ने अनि पुराना पुस्ताले गर्न सकेनन् भनेर आरोप लगाएर मात्र हुन्छ ?’ उनले आफू परिवर्तन गर्न सकिन्छ भनेरै राजनीतिमा सक्रिय भएको प्रतिक्रिया दिइन् ।
युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आएकी हेमा नयाा पुस्तासाग काम गर्दा धेरै कुरा सिक्न पाउने जनाउाछिन् । युवाहरुमा रहेको जोस, जाागर र उनीहरुको क्षमताले आफूलाई पनि प्रेरणा प्रदान गर्ने र थप हौसला मिल्ने उनको तर्क छ । अबको समयमा युवाहरु सक्रिय हुनुपर्ने भन्दै उनले नयाा पुस्ताको सक्रियताले मुलुकलाई नयाा दिशा प्रदान गर्न सक्षम हुने जनाउाछिन् । हेमा कुनै पनि क्षेत्रमा सक्रिय हुादा मनबाटै हुनुपर्ने जनाउाछिन् । मन नलागी गरेको कामबाट कहिल्यै पनि सन्तोषजनक प्रतिफल नमिल्ने उनको तर्क छ ।
















